राज्य बलियो बनाउने अभियानमा सामेल हुन मुख्यमन्त्री पोखरेलको आग्रह | Khabarhub Khabarhub

राज्य बलियो बनाउने अभियानमा सामेल हुन मुख्यमन्त्री पोखरेलको आग्रह


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– मुख्यमन्त्री शङ्कर पोखरेलले वर्तमान संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको बताएका छन् । जनतालाई अधिकार सम्पन्न बनाएको संविधानलाई व्यवहारमा लागू गर्न राज्यलाई नै बलियो बनाउनुपर्ने उनको भनाइ थियो ।

संविधान दिवसका अवसरमा आज बुटवलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले राज्य बलियो नभएसम्म जनता बलियो हुन नसक्ने र अधिकार पनि पूर्ण हुन नसक्ने भएकाले राज्य बलियो बनाउने अभियानमा सामेल हुन सबैमा आग्रह गरे ।

उनले संविधानमा सबैका आकाङ्क्षालाई समेट्न नसकिए पनि मौलिक दृष्टिकोण र जनअधिकार सम्पन्नताका हिसाबले संविधानसभाबाट निर्माण भएको नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको बताए ।

मुख्यमन्त्री पोखरेलले संविधानसभाबाट संविधान जारी भएपछि विकास र समृद्धिको साझा सङ्कल्पसहित मुलुक तीव्र विकासको गतिबाट अगाडि बढेको बताए । उनले त्यसको उदाहरण मुलुकको कूल गार्हस्थ्य उत्पादन वृद्धिबाट नै स्पष्ट नतिजा देखापरेको बताए ।

दोहोरो अङ्कको विकास लक्ष्य हासिल गर्ने कार्यमा प्रदेश नं ५ लाई अग्रस्थानमा पुर्‍याउने दृढताका साथ प्रदेश सरकार अगाडि बढेको बताउँदै बजेट कार्यान्वयन, कानून निर्माण, आर्थिक वृद्धिदर कायम गर्ने, राजश्व सङ्कलनलगायतमा समेत प्रदेश अग्रस्थानमा रहेको बताए ।

मुख्यमन्त्री पोखरेलले सङ्घीयतामा राज्यको प्रशासनिक खर्च बढी भए पनि यसले आम जनतालाई भने कम खर्चिलो भएको, सुविधा प्रदान गरेको साथै रोजगारीको अवसरसमेत सिर्जना गरेको बताए ।

उनले सङ्घीयताकै कारण नेपाली जनता अधिकार सम्पन्न भएको तर समाजमा परिवर्तन नचाहनेले सङ्घीयता विषयमा गलत भ्रम सिर्जना गरेर जनतालाई निरास बनाउन खोजिरहेको बताउँदै भने, “नेपाली समाजलाई पछाडि धकेल्ने प्रयत्न स्वीकार्य छैन ।”

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  २ : ३३ बजे

एशियन च्याम्पियन्स लिगबाट अल हिलाल बाहिरियो

काठमाडौं– साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक