संविधान दिवसः कहाँ कस्तो राष्ट्रिय झण्डा फहराउने ? | Khabarhub Khabarhub

संविधान दिवसः कहाँ कस्तो राष्ट्रिय झण्डा फहराउने ?


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज असोज ३ गते अर्थात संविधान दिवस । मुलुकभर चौथो संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

संविधान दिवसका अवसरमा गृह मन्त्रालयले घर घरमा राष्ट्रिय झण्डा फहराउँदै दिपावली गरेर मनाउन अनुरोध गरेको छ ।

मन्त्रालयले ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लास साथ मनाऔं । घर घरमा राष्ट्रिय झण्डा फहराऔं, घर घरमा दिपावली गरौं ।’ भन्ने नारा तय गरेको छ ।

मन्त्रालयले कुनै पनि औपचारिक कार्यक्रमहरु संचालन गर्दा कुन साइजको झण्डा प्रयोग गर्ने भन्ने विषयमा समेत जानकारी दिएको छ ।

कुनैपनि औपचारिक कार्यक्रमहरु संचालन गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्ने सम्बन्धमा नेपालको संविधान तथा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, (प्रथम संशोधन समेत) २०६९ मा यो व्यवस्था गरिएको छ।

कहाँ कस्तो झण्डा फहराउने ?

राष्ट्रिय झण्डाको आकार प्रयोग

संवैधानिक निकाय तथा सरकारी कार्यालयहरुले प्रयोग गर्ने झण्डाको आकार ८X६ फिट
नेपाल सरकारको पुर्ण वा आंशिक स्वामित्वमा रहेका संघ वा संस्थाले प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार ६X४ फिट
संवैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको कार्यकक्ष, गैर सरकारी संघसंस्था तथा नेपाली नागरिकले व्यक्तिगत रुपमा प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार ४X३ फिट
संवैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको टेबुलमा र विशिष्ट व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनमा राखिने राष्ट्रिय झण्डाको आकार ३०X२० सेन्टिमिटर
नेपाली नागरिकले राष्ट्रिय उत्सव/महोत्सवहरुमा ३०X२० सेन्टिमिटर आकारको झण्डा हात हातमा लिएर हिड्न सक्नेछन् ।
राष्ट्रिय पर्व, राष्ट्रप्रमुख वा सरकार प्रमुखको औपचारिक भ्रमण तथा समकक्षी विदेशी पाहुनाहरुको सवारीका बखत तोकिए बमोजिमको सडकको दायाँ बायाँ र चोकमा फहराइने झण्डाको आकार ३X२.५ फिट
नेपाली नागरिकले बुँदा नं. ३ मा उल्लेख भए अनुसारका अतिरिक्त बुँदा नं. ६ मा उल्लेख भए बमोजिमको राष्ट्रिय झण्डाको समेत प्रयोग गर्न सक्नेछन् ।

नेपालको राष्ट्रिय झण्डा
नेपालको संविधान, २०७२ को धारा ८ मा उल्लेख भए बमोजिम सिम्रिक रंगको भुइँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको परम्परागत झण्डा नेपालको राष्ट्रिय झण्डा हो ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ८ : १३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०