‘हाई ब्लड प्रेसर’ घटाउन दैनिक खजुर खानु उत्तम | Khabarhub Khabarhub

‘हाई ब्लड प्रेसर’ घटाउन दैनिक खजुर खानु उत्तम


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

जीवनशैली र खानपानका कारण मानिसहरुमा ब्लड प्रेसरको समस्या दिनप्रतिदिन बढ्दो छ ।

मुटुको धमनीहरूमा प्रेसर बढ्ने बेला अर्गन सप्लाई गर्नका लागि ज्यादा प्रेसर लगाउनु पर्छ । यसलाई नै हाई ब्लड प्रेसर भन्ने गरिन्छ ।

टाउको दुख्नु, चक्कर आउनु र धड्कन बढ्ने जस्ता यसका प्रमुख लक्षण हुन् । हाई ब्लड प्रेसर एक गम्भीर समस्या रुपमा मानिन्छ ।

हाई ब्लड प्रेसरबाट पीडित व्यक्तिले आफ्नो बीपी कन्ट्रोल राख्न अत्यन्तै जरुरी छ । यदि बीपी कन्ट्रोल गर्न सकिएन भने शरीरका अंगहरूमा असर पर्छ । हाई ब्लड प्रेसर भयो भने हार्ट अट्याक, किडनीमा खराबी जस्ता समस्या बढ्न सक्छन् ।

खानपान, गलत आदत, मानसिक तनाव र ठीकसँग निद्रा नलाग्नु यसको मुख्य कारण मानिन्छ । ब्लड प्रेसर न्यून गर्ने केही घरेलु विधि छन् जसमध्ये एउटा हो खजुर ।

खजूर खानाले ब्लड प्रेसर कंट्रोल गर्न सकिन्छ । खजूरमा धेरै मात्रामा भिटामिन र मिनरलका साथसाथै प्रोटीन पनि पाइन्छ । यसका अलावा फाइबरको गुणले पनि खजूरलाई लाभदायक मानिन्छ । खजूरको भिटामिन बी १, बी २, बी ३, बी ५, ए १ र भिटामिन सी पनि पाइन्छ । खजूरमा पोटासियम पनि भरपूर पाइन्छ । मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत पुर्‍याउँछ ।

खजूरको ड्राई फ्रूटको श्रेणीमा राखिन्छ । प्रत्येक दिन बिहान तीन वटा दाना खजूर खादा स्वास्थयका लागि राम्रो हुन्छ । खजूर खानेवित्तिकै तातो पानी खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने चिकित्सकहरु बताउँछन् । यो उपायलाई लगातार एक महिना निरन्तर गर्नुपर्छ । ब्लड प्रेस हुने व्यक्तिले एक्सरसाइज नियमित गर्नुपर्छ ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ७ : १६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका