सुरक्षा गार्डकै पेरिफेरिमा अड्किएको पूर्वराजदूत हत्या प्रकरण | Khabarhub Khabarhub

सुरक्षा गार्डकै पेरिफेरिमा अड्किएको पूर्वराजदूत हत्या प्रकरण



काठमाडौं– ठीक एक बर्ष अघि अर्थात २०७५ भदौ ४ गते, काठमाडौंको बबरमहलस्थित आफ्नै निवासमा पूर्वराजदूत केशवराज झाको हत्या भयो । प्रहरीका अनुसार, घरको आफ्नै कोठामा सुतिरहेका ८० बर्षीया झाको घाँटी रेटेर हत्या भएको थियो ।

घटना लगत्तै प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढायो । तर, घटनाको एक वर्षसम्म पनि दोषीको पहिचान हुन सकेको छैन ।

एक बर्षको अनुसन्धान सुरक्षागार्डकै ‘पेरिफेरीमा’

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार, प्रहरीले अहिले हत्याको अनुसन्धानका लागि भन्दै पहिले नै पक्राउ परेर छुटिसकेका सुरक्षागार्ड सानुकान्छा तामाङलाई पुन: पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । डिएसपी बोगटी भन्छन्–अहिले मृतकका आफन्तले दिएको किटानी जाहेरी र उनको संलग्नता हुन सक्ने अन्य प्रमाणका आधारमा पक्राउ गरिएको हो ।

प्रवक्ता बोगटीका अनुसार, रातदूतको हत्याको एक वर्षसम्म प्रहरीले थुप्रै अनुसन्धान टोलीहरु खटाएर ‘म्यानुअल्लि’ र ‘टेक्निकल्ली’ अनुसन्धान गरिरहेको छ । प्रमाण संकलन तर्फ पनि जुटेको छ । त्यही सिलसिलामा राजदूतको श्रीमतीको जाहेरीका आधारामा काभ्रेका सानुकान्छा तामाङ्ग पुन: पक्राउ परेका छन् । हत्याको समयमा पनि पक्राउ परेका तामाङ पर्याप्त प्रमाण फेला नपरेपछि छुटेका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी)को कमाण्ड सम्हालेका पूर्वडिआइजी हेमन्त मल्ल प्रहरीले घटनाको क्लु थाहा नपाएर अनुसन्धान लम्बिएको हुन सक्ने बताउँछन् ।

अर्कातिर अभियुक्तहरुले अनावश्यक चलखेल गर्दा पनि समस्या लम्बिएको उनको भनाई छ । उनी भन्छन्–‘शुरुमा अनुसन्धानका लागि पक्राउ परेका अभियुक्तहरुले मानवअधिकार आयोग लगायत अन्य स्थानमा गएर उजुरी दिँदा प्रहरी अनुसन्धान अधिकारीहरुलाई मनोवैज्ञानिक त्रास हुने हुँदा यसले पनि ढिला हुनसक्छ ।’ अहिले पक्राउ परेका सानुकान्छा तामाङ्ले प्रहरीले आफूलाई यातना दिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरीसमेत दिएका थिए ।

कसरी घट्यो घटना ?

गत बर्ष भदौ ३ गते राति खाना खाएर आफ्नो कोठामा सुतेका पूर्वराजदूत झा भोलिपल्ट ४ गते बिहान अवेरसम्म पनि नउठेपछि उनकी श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् । खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो ।

घटनाको स्थलगत अनुसन्धानमा खटिएको प्रहरीका अनुसार, झा सुतेको कोठाको ढोका बाहिरबाट बन्द गरिएको थियो । अनि कोठाको झ्यालमा रहेको जाली काटिएको अवस्थामा थियो । प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको चक्कु पनि बरामद् गरेको थियो ।

पैसाकै कारण हत्या भएको प्रारम्भिक निष्कर्ष

घटनाको एक बर्षसम्म कुनै ठोस निर्णय ननिस्किएपनि पूर्वराजदूत झाको हत्या आर्थिक कारणले भएको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ । महानगरीय अपराध महाशाखाको टोलीले झासँग सम्बन्धित व्यक्तिहरुको बैंक विवरण हेर्नेदेखि निगरानी गरेर अनुसन्धान गरेको थियो ।

महाशाखाको टोलीले झा कै घरमा सुरक्षा गार्डको काम गर्दै आएका सानुकान्छा तामाङ, मालीको काम गर्ने आइतसिंह तामाङ र जयबहादुर गुरुङलाई पक्राउ गरेको थियो । तर, अनुसन्धानको क्रममा उनीहरुको संलग्नता पुष्टि हुन नसकेपछि छुटेका थिए ।

प्रहरी अनुसन्धान अधिकारीका अनुसार, झाले छोरा नेपालका आएको बेला बुढानिलकण्ठमा रहेको आफ्नो जग्गा हत्या हुनु केही अघि मात्र बेचेको खुलेको थियो । उनले बेचेको जग्गाको पैसा आफैंसँग रहेको बुझेर आर्थिक प्रलोभनमा परेर हत्या गरेको हुन सक्ने भन्दै प्रहरीले त्यस तर्फ पनि अनुसन्धान गरिरहेको छ ।

पूर्वडिआइजी हेमन्त मल्ल पनि आर्थिक कारणले पनि हत्या हुनसक्ने बताउँछन् । उनी भन्छन् – ‘अहिलेसम्म भएका हत्याका घटना हर्दा अधिकांश घटना आर्थिक लेनदेनसँग नै जोडिएर आएका छन् । त्यसैले आर्थिक कारणले पनि हत्याको घटना भएको हुनसक्छ । यसका लागि घरभित्रको सबैकुरा थाहा पाउने नजिकको मान्छेले बाहिरको मान्छे प्रयोग गरेर हत्या गरेको हुनसक्छ ।

८ दशक उमेर पार गरिसकेका मानिसको हत्या गर्ने क्रुर हात कसको थियो भन्ने बारे सत्यतथ्य अहिलेसम्म खुलेको छैन । प्रहरीले अब चाँडो भन्दा चाँडो जिज्ञासा मेट्ने मात्र होइन दोषीलाई कानुनी कठघरमा पुर्‍याउने काम गर्नुपर्छ । नत्र प्रहरीको शाख माथि नै थप प्रश्न उठ्ने निश्चित देखिन्छ ।

को थिए केशवराज झा ?

काठमाडौंका रैथाने नेवार परिवारका झा शुरुमा गणेशस्थानमा बस्थे । २०२० को दशकदेखि झा बबरमहल कुरियागाउँमा घर बनाएर बस्न थालेका थिए । झा ११ चैत्र २०४९ देखि १६ पुष २०५४ सम्म फ्रान्सका लागि नेपाली राजदूत थिए ।

करिअर डिप्लोम्याटका रुपमा उनी बहुदलीय व्यवस्था पुनस्र्थापनाको केही बर्षपछि राजदूत बनेका थिए । त्यसअघि उनी परराष्ट्र मन्त्रालयमा चिफ अफ प्रोटोकल थिए । राजदूत झाको जागिरे जीवन राजकीय संस्कृत महाविद्यालयको शिक्षकको रुपमा भएको थियो ।

झा वि.सं. २०२३ मा महाविद्यालयको शिक्षकबाट परराष्ट्र मन्त्रालयमा सरुवा भएका थिए । जतिबेला उनी फ्रान्सको राजदूत थिए । त्यही बेला नेपाल पेरिसमा मुख्यालय रहेको युनेस्कोको बोर्डमा निर्वाचित भएको थियो ।

राजदूतको ४ बर्षे जिम्मेवारी पुरा गरेर फर्किएपछि झा लामो समय नेपाल विश्व सम्बन्ध परिषद्को अध्यक्ष थिए । युरोपेली मुलुकमा राष्ट्रप्रमुखको भ्रमण गराउन निकै कठिन हुन्थ्यो, तर झाकै कार्यकालमा तत्कालीन राजा बीरेन्द्र, तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले फ्रान्सको भ्रमण गरेका थिए ।

तस्वीर सौजन्य– नेपाल प्रहरी

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ९ : १७ बजे

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ