लोकतन्त्रको रक्षाकालागि सबै दललाई एकै ठाउँमा उभिन प्रधानमन्त्रीको आग्रह | Khabarhub Khabarhub

लोकतन्त्रको रक्षाकालागि सबै दललाई एकै ठाउँमा उभिन प्रधानमन्त्रीको आग्रह


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र प्राप्त महत्वपूर्ण उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्न सबै दलहरुलाई एक ठाउँमा उभिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले लोकतन्त्र र प्राप्त उपलब्धिविरुद्ध षड्यन्त्र हुन थालेको भन्दै सबैलाई मिलेर अघि बढ्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकमा आफ्नो पछिल्लो स्वास्थ्य अवस्थाकाबारेमा पनि जानकारी गराउँदै थप उपचारका लागि बिहीबार सिंगापुर जान लागेको बताए ।

आफ्नो उपचारका लागि यसअघि दुई डोज औषधि लिइसकेको र थप एक डोज लिन बाँकी रहेको जानकारी गराउँदै उनले आफ्नो शरीरले औषधिलाई सहज रुपमा ग्रहण गर्न कठिन भएको बताएका थिए । उनले सिंगापुरबाट फर्केर आएपछि फेरि सर्वदलीय छलफल गर्ने जानकारी दिए ।

बैठकमा प्रधानमन्त्रीले सबै मिलेर जाऊ भन्ने प्रस्तावप्रति भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका थिए । उनले सरकार मनपरी ढंगबाट अघि बढेको आरोप लगाउँदै यस्तो अवस्थामा कसरी मिलेर जान सकिन्छ भन्ने तर्क गरे ।

बैठकमा सहभागी मधेसी दलले पनि प्रधानमन्त्री र सरकारका मन्त्रीहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए । राजपा नेपालका नेता राजकिशोर यादवले प्रधानमन्त्रीलाई दल र गुटको भन्दा पनि देशको प्रधानमन्त्री बन्न आग्रह गरे ।

बैठकमा सहभागी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धि रक्षाका लागि सबै एकजुट भएर अघि बढ्न आग्रह गरेका थिए ।

बैठकमा नेकपाका तर्फबाट पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ, नारायण काजी श्रेष्ठ, वामदेव गौतम, बिश्णु पौडेल, ईश्वर पोख्रेल, सुवास नेम्वाङ सहभागी भएका थिए ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, बिजय गच्छदार, पूर्णबहादुर खड्का, मिनेन्द्र रिजाल सहभागी सहभागी भएका थिए भने समाजबादी पार्टी नेपालबाट अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव सहभागी थिए । त्यसैगरी राजपाका तर्फबाट राजकिशोर यादव र महन्थ ठाकुर सहभागी थिए ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ७ : ५३ बजे

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन

वीरगञ्ज भन्सारबाट एक अर्ब राजस्व संकलन 

वीरगञ्ज– मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक