मलेसियामा अवैधानिक कामदारमाथिको धरपकड तीब्र, ५ नेपालीसहित १०६ विदेशी पक्राउ | Khabarhub Khabarhub

मलेसियामा अवैधानिक कामदारमाथिको धरपकड तीब्र, ५ नेपालीसहित १०६ विदेशी पक्राउ


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेशियामा अवैधानिक रुपमा बस्दै आएका विदेशी श्रमिकमाथि तीब्र धरपकड शुरु गरेको छ । मलेसियाको मुख्य शहर क्वालालम्पुरका विभिन्न क्षेत्रमा मलेसिया प्रहरीले अवैध विदेशी कामदारको खोजतलाश गरेको हो ।

उक्त क्षेत्रमा २ सय ८ जनाको चेकजाँचका क्रममा १ सय ६ जनासँग वैधानिक रुपमा बसोबासको अनुमति नभएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले खोजतलाश जारी रहने जनाएको छ ।

अवैधानिक रुपमा बस्दै आएका १ सय ६ जना विदेशी श्रमिक एकै दिनमा प्रहरीले पक्राउ गरेको मलेसियाली सञ्चारमाध्यमले जनाएका छन् ।

मलेसियाली अनलाइन द सनका अनुसार ४३ जना म्यानमारका नागारिक, ५ जना नेपाली, ३२ जना बंगलादेश, १२ जना भारत, ९ जना ईण्डोनेशिया, २ जना नाइजेरिया, २ जना श्रीलंका तथा एक जना पाकिस्तानी पक्राउ परेका छन् ।

सामान्य जरिवाना तिराएर घर फर्काउने ‘गुड फर व्याक’ कार्यक्रमसँगै प्रहरीले धरपकड पनि तीब्र बनाएको छ । मलेशियाका विभिन्न शहरहरुमा अवैध विदेशी श्रमिकको खोजतलाशमा प्रहरीले सक्रियता देखाएको हो ।

मलेशिया सरकारले दिएको व्याक फर गुड कार्यक्रममार्फत ७ सय रिंगिट जरिवाना तिरेर स्वदेश फर्किने नेपाली कामदारको संख्य पछिल्लो समय भने उल्लेख्य रहेको मलेसियास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

दूतावासले व्याक फर गुड कार्यक्रममा सहभागी नेपाली श्रमिकको फर्म भरिदिने, अध्यागमन कार्यालय लैजाने तथा ल्याउने लगायतको व्यवस्था गरेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ३ : ५७ बजे

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४५४ जना सहभागी हुने

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार

निलम्बित सचिव मधु मरासिनीले सफाइ पाए, सुनील पौडेल दोषी ठहर

मधु मरासिनी काठमाडौं- निलम्बनमा परेका नेपाल सरकारका सचिव मधु मरासिनीलाई

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने

काठमाडौं– समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ बैशाख १२

चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

बुटवल– सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल