सार्वजनिक महत्वका विषयमा सांसदहरुबाट सरकारको ध्यानाकर्षण | Khabarhub Khabarhub

सार्वजनिक महत्वका विषयमा सांसदहरुबाट सरकारको ध्यानाकर्षण


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरुले समसामयीक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले बाढीले बिगारेको सडक मर्मत, बाढी प्रभावितका लागि उचित राहत दिन, विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्दा राजनीतिक भागबण्डा नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले राजधानी लगायतका मुलुकका विभिन्न स्थानको सडकको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै समयमै मर्मतसम्भारको लागि सरकारको ध्यानाकर्षण गराए । सितापाईला–रामकोट–भीम ढुंगा सडक निर्माणको काम अघि नबढेको तथा चाबहिल जोरपार्टी हुँदै बौद्ध जाने लगायतका राजधानीका विभिन्न सडकहरुको अवस्था नाजुक रहेको भन्दै समयमै मर्मत कार्य गर्ने तर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण गराए । उनले साईकल लेनहरुको अभावका कारण काठमाडौंमा साईकल चढ्ने नागरिकले पनि दुःख पाईरहेको उल्लेख गर्दै साईकल लेनको उपयुक्त व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।

नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले जुम्लाको विद्युत् प्रसारण अवरुद्ध भएको बारे सदनमा आवाज उठाउँदा पनि सम्बोधन नभएको उल्लेख गर्दै शक्तिशाली सरकारले सदनको आवाज नसुनेकोमा गम्भीर ध्यानाकर्षण गराए । उनले अबिरल बर्षाका कारण बाढी र डुबानबाट सबैभन्दा बढी क्षति पुगेको रौतहटका जनताले एक ढिक्का नुन पनि नपाएको भन्दै यथाशिघ्र राहत र पुर्नस्थापनाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद भीमसेन दास प्रधानले राष्ट्रिय शिक्षा आयोगको प्रातिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराए । उनले विश्व विद्यालयका पदाधिकारी राजनीतिक नियुक्ति बाट नगरी बौद्धिकताको आधारमा गर्न मन्त्रालयको ध्यानाकर्षण गराए ।

राजपाका सांसद अमृता अग्रहरीले आफूहरुको माग सम्बोधन नगरे सरकारविरुद्ध सडकमा उत्रने चेतावनी दिइन् । गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक पटक प्रतिवद्धता जाहेर गरेर पनि अहिलेसम्म सार्वजनिक नभएको भन्दै उनले मुलुकमा विद्रोहलाई निम्ता दिने काम नगर्न सरकारको ध्यानाकर्षण गराईन् ।

संघीय समाजवादी फोरमका सांसद प्रदिप यादवले लोकसेवा आयोगले निकालेको विज्ञापन संघीयताको मर्म र भावना विपरित रहेको भन्दै असमानता कायमै राख्ने हो भने मुलुकमा संघीयता केका लागि आयो भनी प्रश्न गरे । उनले ‘आरक्षण बचाउ अभियान’ अन्र्तगतको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेकोमा गम्भीर आपत्ती जनाउँदै उनले अधिकारको लडाई जारी राख्ने चेतावनी दिएन ।

नेकपाका सांसद मोहन बानियाँले मुगु जिल्लाको खत्याड गाउपालिका वडा नम्बर ३ को भवन र केन्द्रको बारेमा सांसद प्रकाश रसाईली स्नेहीले गलत सूचना दिएको भन्दै आफ्नो भनाई फिर्ता लिन ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ३ : ४२ बजे

त्रिविले नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र बनाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था

खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको