निमोनिया भएपछि युभेन्ट्सका प्रशिक्षक सारी अस्पताल भर्ना | Khabarhub Khabarhub

निमोनिया भएपछि युभेन्ट्सका प्रशिक्षक सारी अस्पताल भर्ना


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालीयन जाइन्ट युभेन्टसका प्रशिक्षक माउरिझियो सारीलाई निमोनियाले छोएको छ । ६० बर्षीय सारीले निमोनियाकै कारण सोमबारको टोलीको अभ्यासमा उपस्थित हुन सकेनन् ।

यो हप्ता युभेन्ट्सले ट्रिस्टिनाविरुद्धको मैत्रिपूर्ण खेलमा बिरामी भएका प्रशिक्षक सारी ज्वरोका कारण अनुपस्थित रहने बताइएको छ ।

केही विसन्चो भएपछि डाइग्नोसिस गरिएको र रिपोर्टले निमोनिया देखाएको बताएको युभेन्टसले उपाचार शुरु भइसकेको जानकारी दिएको छ ।
शनिबार युभेन्ट्सले परमाको घरेलु मैदानमा सिरी ए को ओपनिङ खेलिसकेको छ ।

इटालीयन भेट्रान सारी २०१८ मा नेपोलीबाट चेल्सी पुगेका थिए भने उनले चेल्सीमा रहँदा क्लबलाई युरोपा लिगको उपाधि दिलाएका थिए । उनी जुनमा युभेन्ट्स पुगेका हुन् ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ९ : ४७ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा