काम गर्ने वातावरण नभएको भन्दै नेकपा प्रदेश-२ अध्यक्ष प्रभु साहले दिए राजीनामा | Khabarhub Khabarhub

काम गर्ने वातावरण नभएको भन्दै नेकपा प्रदेश-२ अध्यक्ष प्रभु साहले दिए राजीनामा


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश-२ अध्यक्ष प्रभु शाहले पदबाट राजीनामा दिएका छन् । उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पदबाट राजीनामा दिएका हुन् ।

शाहले पार्टीले एकीकरणको काम गर्दा प्रदेश कमिटीलाई काम गर्ने वातावरण नदिएको भन्दै असन्तुष्टि प्रकट गरेका थिए । प्रदेश कमिटी सदस्यहरुको चयनदेखि पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीलाई अप्ठ्यारो पार्ने सोचबाट भएको उनको बुझाइ छ। प्रदेश सदस्यहरुको चयन गरिँदा अध्यक्ष साहसँग सल्लाह नगरी पार्टी सदस्य नभएकालाई समेत प्रदेश सदस्य बनाइएपछि पनि असन्तुष्ट थिए ।

पार्टीको माथिल्लो निकायको गलत निर्णय र निर्देशनका कारण काम गर्ने वातावरण नभएको साहले बताएका छन् । प्रदेश अध्यक्षको रुपमा आफूले अगाडि बढाएका हरेक कार्यमा पार्टीको नेतृत्व तहबाट नै असहयोग र चौतर्फी घेराबन्दी भएका कारण पदबाट राजीनामा दिएको उनको भनाइ छ ।

स्थायी कमिटी सदस्यका प्रवल दाबेदार मानिएका साहको नाम कमिटीमा नपरेपछि उनी असन्तुष्ट थिए ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ९ : ३० बजे

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

धरान– धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको

भारतको लोकसभाको पहिलो चरणको मतदान आज

काठमाडौं– भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान

क्यानडामा इस्लाम धर्मावलम्बीले अब उधारो र सापटीको ब्याज तिर्नु नपर्ने

टोरोन्टो–  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बजेटमा यस्तो घोषणा गरेका हुन्,

संसदीय समिति बैठक बस्दै, फास्ट ट्रयाकका बारेमा छलफल हुने

काठमाडौं– संघीय संसद्को एक समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा