काठमाडौंमा इन्फ्लुएन्जाको संक्रमण, डेढ महिनामा ८ जनाले ज्यान गुमाए | Khabarhub Khabarhub

काठमाडौंमा इन्फ्लुएन्जाको संक्रमण, डेढ महिनामा ८ जनाले ज्यान गुमाए


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘डाक्टरसाब मलाई स्वाइनफ्लु त भएको छैन नि !’ आइतबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आएका एक बिरामीले आत्तिदै चिकित्सकलाई सोधे ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुनले उनलाई सान्त्वना दिँदै उनको स्वास्थ्य परीक्षण गरे । रुघाखोकी र ज्वरोले सताएपछि अस्पतालमा आइपुगेका उनले आफूलाई स्वाइफ्लु छ कि भन्ने आशंका गर्दै निकै आत्तिएका थिए ।

डा पुनले उनको स्वास्थ्य परीक्षणसँगै काउन्सिलिङ पनि गरे । स्वास्थ्य अवस्था जटिन नभएकाले रुघाखोकीको औषधि दिएर पठाए ।
ती बिरामी त प्रतिनिधि पात्र मात्रै हुन् । शुक्रराज अस्पतालमा रुघाखोकी र ज्वरोले सताएपछि स्वाइनफ्लुको आशंका गर्दै धेरै बिरामीहरु आइपुग्ने गरेको डा पुन बताउछन् ।

‘रुघाखोकी लागेर अस्पतालआएका एकजना बिरामीले आउने वित्तिकै आत्तिदै सोधे, ‘मलाई स्वाइनफ्लु भएको त छैन’ भनेर, त्यो बिरामीलाई रोगले भन्दा पनि डरले पनि च्यापेको थियो ।,’  डा. पुनले खबरहबसँग भने,  ‘तर उसलाई सामान्य रुघोकी थियो,इन्फ्लुएन्जा थिएन, मैले औषधि दिए र काउन्सिलिङ गरेर पठाए ।’

मौसम परिवर्तन हुन लागेसँगै शुक्रराज अस्पतालमा रुघाखोकीका बिरामी बढ्न थालेको डा पुनको भनाइ छ ।

इन्फ्लुएन्जाको कारण ८ जनाको मृत्यु

अहिले मौसम परिवर्तनको समय छ । जाडो मौसम सकिएर गर्मीयाम शुरु हुँदैछ । मौसम परिवर्तन भएसँगै इन्फ्लुएन्जा एचवान् एनवानको  संक्रमण बढ्न थालेको सरकरारी तथ्यांकले पनि देखाएको छ ।  टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाहाशाखाको तथ्यांकको अनुसार इन्फ्लुएन्जाको कारण ८ जनाको मृत्यु भइसकेको छ ।  इन्फ्लुएन्जाको संक्रमणका कारण पुस १५ देखि हालसम्म ८ जनाको मृत्यु भएको महाशाखाका निर्देशक डा विवेक कुमार लाले बताए ।

उनले भने, ‘ इन्फ्लुएन्जाको कारण काठमाडौंमा मात्रै पुसदेखि हालसम्म ८ जनाको मृत्यु भएको छ । यो तथ्यांक काठमाडौंका विभिन्न अस्पतालहरुबाट प्राप्त भएको हो ।

५ सय भन्दा बढीमा इन्फ्लुएन्जा

टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको इन्फ्लुएन्जा सेन्टरको तथ्यांकका अनुसार जनावरी १ देखि फ्रेबुअरि १५ सम्ममा इन्फ्जुएन्जाको आशंकामा १ हजार ३ सय ३४ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।  ती मध्ये ५ सय ६७ जनामा इन्फ्लुएन्जा ए एचवान् एनवान्, २३ जनामा सिजनल फ्लु एच थ्रि र ७३ जनामा इन्फ्लुएन्जा बी भेटिएको सेन्टरले जनाएको छ ।

मौसम परिवर्तनको समयमा ढेड महिनामै ५ सय भन्दा बढिमा इन्फ्लुएन्जा देखिनु सामान्य नभएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन् ।

‘मौसम परिवर्तको समयमा एन्फ्लुएन्जा बढी हुन्छ, हाम्रो अस्पतालमा पनि मानिसहरु आत्तिदै आइरहेका हुन्छन् ।,’ डा पुनले खबरहबसँग भने, ‘सरकारी तथ्यांकले देखाएअनुसार यो रोगको संक्रमण बढ्दै गएको छ, यो रोग अझै बैशाखसम्म रहन्छ, त्यसैले सचेत हुनुपर्छ ।’

डा पुनका अनुसार इन्फ्लुएन्जा यसरी सर्छ ।
संक्रमित व्यक्तिले मुख नछोपी खोक्दा

हाच्छियूँ गर्दा थुकको छिटाको माध्यमबाट

संक्रमित व्यक्तिसँगको प्रत्यक्ष सम्पर्कबाट

संक्रमित सरसामान जस्तै रुमाल, खेलौना आदिको प्रयोगबाट

इन्फ्लुएन्जाको लक्षण
एक सय डिग्री भन्दाबढि ज्वरो आउने ।

घाँटी दुख्ने ।

रुघाखोकी लाग्ने ।

टाउको दुख्ने ।

श्वास फेर्न गाह्रो हुने ।

बालबालिकालाई झाडा पखाला समेत हुनसक्ने ।

इन्फ्लुएन्जाबाट यसरी बच्नुस्

खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमालले नाक मुख छोप्ने ।

अनावश्यक रुपमा मानिसहरुको भिडभाड भएको ठाउँमा नजाले ।

ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोर दोहोर हुने कोठामा आराम गर्ने ।

आँखा, नाक तथा मुखमा अनावश्यक रुपमा हात नलैजाने ।

ज्वरो रुघाखोकी लागेका बिरामीलाईआवश्यक उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा लैजाने ।

शंकास्पद रोगकी व्यक्तिबाट सरकभर टाढै बस्ने ।

सकभर अरु व्यक्तिहरुसँग हाल नमिलाउने, नमस्कार गर्ने ।

अरुको प्रयोग गरेको रुमाल, कपडा प्रयोग नगर्ने ।

साबुन पानीले मिचिमिचि हात धुने ।

पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा खाने ।

नाक,मुख छोप्दा प्रयोग भएको रुपमाल राम्ररी धोएर वा सफा गरेर मात्रै पुनः प्रयोग गर्ने ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ४ : १३ बजे

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं– भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका प्रतिवादीको निवेदनमाथि सुनुवाइ सकियो

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी सहितका

समाजवादीका नेता विजय पौडेलले डुबाए माइलस्टोन सहकारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा. विजयकुमार पौडेल संस्थापक

बागमतीमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ

सिन्धुली– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा