सिंहदरबारको एउटै पर्खालभित्रका मन्त्रालयबीच समन्वय भएन, राष्ट्रिय गौरवका आयोजनामा अवरोध | Khabarhub Khabarhub

सिंहदरबारको एउटै पर्खालभित्रका मन्त्रालयबीच समन्वय भएन, राष्ट्रिय गौरवका आयोजनामा अवरोध


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सिंहदरबारभित्रका मन्त्रालयबीचको आपसी समन्वय नहुँदा राष्ट्रिय गौरवका आयोजनामा अवरोध भएको नयाँ पत्रिकामा खबर छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनास्थल पहिलो चरणकै रुख कटान प्रक्रियामै अल्झिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले रुख कटानको अनुमतिका लागि वन मन्त्रालयलाई असारमै पत्रचार गरेपनि वन मन्त्रालयले अनुमति दिएको छैन् ।

त्यस्तै झापाको भद्रपुरदेखि कञ्चनपुरको दोधारासम्म एक हजार ६ सय ६३ किमी लम्बाईको हुलाकी राजमार्ग सुरु भएको तीन दशकपछि मुद्दा सर्वोच्च अदालत पुगेको छ । अदालतमा पुगेको मुद्दामा प्रधानमन्त्री कार्यालय विपक्षी छ भने, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण नगर्न सर्वोच्चले आदेश दिएको छ । त्यस्तै पूर्वपश्चिम विद्युतीय रेलमार्गको पनि चितवन राष्ट्रिय निकुञ्जको अनुमति नपाएपछि पूर्वपश्चिम रेलमार्गको रुट नै परिवर्तन भएको छ ।

त्यसैगरी इराक लैजान लागिएका १७९ नेपालीको भारतबाट उद्धार भएको छ । म्यानमार हुँदै नेपालीको इराकमा तस्करी हुने गरेको प्रहरीले जनाएकोछ ।

दलित बालकले कथित उपल्लो जातको बालकको शरीर छोएको निहुँमा सिरहामा डोम आमाछोरी कुटिएका छन् । यो घटनामा प्रहरीले दोषीलाई कारबाही गर्नुको साटो मिल्न दबाब दिएको पाइएको छ । छिमेकी अयोधी सदाय, सकल सदाय र विरोधी महतोले लहान नगरपालिका १८ का ललिता मरिक र उनकी छोरी अमिरकालाई घरमै गएर कुटपिट गरेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ७ : ०१ बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको