१५ लाख घुससहित ३ जना इन्जिनियर पक्राउ | Khabarhub Khabarhub

१५ लाख घुससहित ३ जना इन्जिनियर पक्राउ


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १५ लाख घुससहित चार जना पक्राउ परेका छन् । ३ जना इन्जिनियरसहित ४ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो ।

कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियामा कार्यरत इन्जिनियर कमल सिटौला, विश्वेश्वर प्रसाद साह, हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझालाई अख्तियारले शनिवार घुससहित नियन्त्रणमा लिएको हो ।

निर्माण योजना तारजाली भर्ने कामको बिल रकम भुक्तानी गरे वापत सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियारको नेपालगन्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई घुससहित रंगेहात पक्राउ गरेको हो ।

उनीहरुलाई १५ लाख घुस लिइसकेको अवस्थामा बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर १ बाट नियन्त्रणमा लिइएको अख्तियारको नेपालगन्ज सम्पर्क कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ८ : २० बजे

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत