सुत्नुअघि मोजाभित्र प्याज राख्नुस्, तपाईंले नसोचेको फाइदा पुग्छ | Khabarhub Khabarhub

सुत्नुअघि मोजाभित्र प्याज राख्नुस्, तपाईंले नसोचेको फाइदा पुग्छ


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

राति सुत्दा प्याज मोजामा राखेर सुत्ने कुरा तपाईले यसअघि सुन्नुभएको थियो होला ।

यसो गर्नाले स्वास्थ्यका हिसावमा धेरै कुरामा फाइदा पुग्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । यसका केही वैज्ञानिक कराण पनि रहेका छन् । जस्तो कि पैतालामा विभिन्न प्रकारका नशा रहेका हुन्छन् ।

करिब ७ हजारको संख्यामा हुने यस्ता नासामा प्याज राख्नेले प्रभाव पर्न जान्छ । यी नसा हामीले चप्पल लगाउने वा जुत्ता लगाउँदा निस्किृत बसेका हुन्छन् । त्यसै कारण केही घण्टाका लागि नाङ्गो खुट्टा हिँड्नुपर्ने सल्लाह चिकित्सकहरुले दिने गरेका छन् ।

प्याज र लसुन हावा शुद्ध गराउनका लागि परिचित छ र छालामा यसलाई लगाउँदा किटाणु र जीवाणुलाई नष्ट गर्न सहयोग गर्दछ । यसका साथै प्याजमा पाइने फस्फोरिक नामक एसिड रगतमा प्रवेश गरेर शुद्ध बनाउन मद्दत गर्दछ ।

कसरी गर्ने प्रयोग

अर्गानिक प्याज सेता वा रातो प्याजलाई गोलो पारेर काट्नुहोस् । अर्गानिक प्याज सजिलै तपाईंको रगतमा प्रवेश गर्दछ ।

प्याजको प्राकृतिक चिकित्सा शक्तिले तपाईंको छालाको माध्यमबाट काम गरेर रगतलाई शुद्ध गर्दछ, ब्याक्टेरिया र किटाणुलाई मार्ने र विषाक्त पदार्थलाई अवशोषित गर्न मद्दत गर्दछ । यसलाई कोठाको हावा शुद्ध गर्न पनि प्रयोग गर्न सकिन्छ ।

प्याजमा एन्टी ब्याक्टेरियल र एन्टी वायरल गुण हुन्छ । दिनभरी हिँड्दा र माटोको सम्पर्कमा आएपछि पसिनाका कारण खुट्टामा थुप्रै किटाणु टाँसिएका हुन्छन् जसको सफाइएमा हाम्रो ध्यान जाँदैन । त्यसकारण पैतालामा प्याज रगड्दा ब्याक्टेरिया र किटाणु नष्ट हुन्छन् ।

रगत अशुद्ध हुने गरेका कारण हामी विरामी पर्ने गरेका छौं । प्याजमा फस्फोरिक एसिड हुने भएकाले यो छालाको माध्यम हुँदै रगतलाई शुद्ध पार्न मद्दत गर्दछ ।

जब तपाईं सुत्नुहुन्छ तब खुट्टामा प्याज राख्दा वरिपरि फैलिएको गन्धबाट छुटकारा पाउनुका साथै विषाक्त र केमिकललाई अवशोषित गर्दछ ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ८ : ०० बजे

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले