साउन महिनामा किन माछामासु खानु हुन्न ? यस्तो छ वैज्ञानिक कारण | Khabarhub Khabarhub

साउन महिनामा किन माछामासु खानु हुन्न ? यस्तो छ वैज्ञानिक कारण


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धार्मिक आस्था राख्नेहरुका लागि साउन महिना विशेष महिनाको रुपमा रहने गर्छ । यो महिना केही धार्मिक पर्वहरु पनि पर्छन्

यो साउने संक्रान्तिको महिना हो । यो बोलबमको महिना हो । भगवान शिवको आरधानाको महिना हो । उपवासको महिना हो । पूर्वीय दर्शन अनुसार साउन महिनामा भगवान शिवको आरधना गर्ने, उपवास बस्ने, शिवलिङ्गमा जल अर्पण गर्ने गरिन्छ ।

धार्मिक मान्यता के छ भने, साउनको सोमबार व्रत बस्ने र शिवलिङ्गमा जल चढाउनाले घरमा सुख समृद्धि मिल्छ । भलै अहिलेका पुस्तालाई यी कुरा भलै धार्मिक आडम्बर लाग्न सक्छ । वा यो केवल परम्परा मात्र लाग्न सक्छ । तर, धार्मिक परम्परासँग जोडिएर आएका यी कुराहरुसँग विज्ञान पनि जोडिएर आएको छ ।

साउन महिनामा किन शिवको पूजा गरिन्छ, किन उपवास बसिन्छ, किन बोलबम धाउने गरिन्छ ? यी सबैको वैज्ञानिक तर्क दिन सकिन्छ । साउन महिना, जो मध्य बर्षायामसँगै जोडिएर आउँछ ।

असारको चटारो सक्न नभ्याउँदै साउन महिना आउँछ । यतिबेला खेती किसानी गर्नेहरुले बालीनाली लगाएर विश्राम लिने बेला हुन्छ ।

तपाई, हामीलाई थाहै छ, हाम्रो देश कृषिमा आधारित छन् । धेरैजसो जन–जीविका खेतीपातीबाटै धानिएको छ । खेतीको कुरा जोड्नुको अर्थ के भने, साउन महिना किसान बर्गका लागि पनि विशेष हो ।

खेतीपातीको चटारोबाट विश्राम लिएर मनलाई धर्मकर्ममा लगाउने बेला हो यो । धार्मिक आस्थाको रुपमा मात्र होइन, हाम्रो जीवन पद्धतीसँग जोडिएका कुरा हुन् यी ।

किन व्रत बस्ने ?

साउनमा व्रत एवं उपवास बस्ने भनेको भगवानलाई खुसी तुल्याउनका लागि मात्र होइन । वा आफ्नो मनोकांक्षा पुरा गराउन मात्र होइन । यी त आस्थाका कुरा भए ।

विज्ञानको कुरा अर्कै छ । भनिन्छ, बर्खायाममा हाम्रो पाचन यन्त्र कमजोर हुन्छ । पानीलगायत विभिन्न खाद्य पदार्थको कारण पेटमा जीवाणु फैलने र झाडापखला लाग्ने संभावना हुन्छ । अर्कोतिर हाम्रो शरीरको प्रतिरक्षा प्रणाली पनि कमजोर हुन्छ । यसबेला उपवास बस्दा शरीरलाई फाइदा गर्छ ।

हामीले देखे, सुनेकै कुरा हो, झाडापखलाको संक्रमण यही महिनामा बढी फैलने गर्छ । त्यसैले वर्षायाममा हेपाटाइटिस, हैजा, ग्यास्ट्राइटिस, र विभिन्न भाइरल रोगहरु देखापर्छ । वर्षा र ओसिलो मौसमले यस्ता संक्रमण फैलने भय दोब्बर बढाइदिन्छ । यस्तो अवस्थामा खानपानप्रति सर्तक हुनैपर्छ ।

यो संस्कारको विकास किन भयो होला भनेर अनुमान गर्ने अर्को पाटो पनि छ । हामी खेती किसानीमा आश्रति छौं । यतिबेला अन्नबाली लगाइसकेको बेला हो । र, भकारी रित्तिने बेला पनि । पूर्खाहरुले यसबेला खाद्य संकट पनि भोगे होलान् । त्यसैले अन्नपात जगेडाका लागि पनि उपवास एउटा राम्रो विकल्प हुनसक्छ ।

किन माछामासु नखाइएको होला ?

साउनमा धेरैले माछामासु खाँदैनन् । कतिले सोमबार अन्न समेत खाँदैनन् । यसको आफ्नै धार्मिक तर्क छ । तर, यससँग धार्मिक तर्कमात्र जोडिएको छैन, वैज्ञानिक तर्क पनि छ । माथि पनि उल्लेख गरियो यो सिजनमा संक्रमणको भय अधिक रहन्छ । र, मासुजन्य परिकारमा संक्रमणको बढी संभावना हुन्छ ।

मासुमंसमा जीवाणु फैलने । कुहिने, सड्ने हुन्छ । त्यही कारण यसबेला मासुमंस त्यती हितकर मानिदैन । वर्षायाम भनेको धेरै जसो पानीमा पाइने जीवहरुको प्रजननको महिना हो ।

पहिलेको जमानामा माछालाई व्यावसायीक रुपमा छुट्टै पोखरीमा पाल्ने र खानको लागि प्रयोग गर्ने चलन थिएन । प्राकृतिक नदीहरु र खोलामा पाइने सिमित माछाहरु प्रजनन् महिनामा खाइदिएमा अर्को वर्ष माछाको संख्या घट्ने वा लोप नै हुने डर हुन्थ्यो । त्यसैले माछामासु खानमा नियन्त्रण गरिएको हुनुपर्छ ।

कस्तो खानपान उपयुक्त ?

यसबेला सात्विक भोजन एवं हल्का, सुपाच्य खानेकुरा खानुपर्ने प्रचलन छ । यतिबेला उपवास बस्ने चलन पनि छ । यसले पनि पाचन यन्त्रलाई राहात दिन्छ । साउनमा खीरलगायत दुधजन्य परिकार खाने गरिन्छ ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ५ : ०५ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय