धर्म, संस्कृतिको संरक्षणमा सरकारलाई साना दलको दबाब, गरे आन्दोलनको घोषणा | Khabarhub Khabarhub

धर्म, संस्कृतिको संरक्षणमा सरकारलाई साना दलको दबाब, गरे आन्दोलनको घोषणा


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकको धर्म र संस्कृतिको संरक्षण गर्न सरकारलाई दबाब दिन विभिन्न साना राजनीतिक दलहरुले संयुक्त आन्दोलनको घोषणा गरेका छन् ।

बाम–प्रजातान्त्रिक दुवै धारको राजनीति गर्दै आएका साना राजनीतिक दलहरुले मुलुकको धर्म र संस्कृतिमाथि बाह्य दबाब रोक्न सरकारसँग माग गर्दै शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

मुलुकमा नेपालीको पहिचान मेटिने गरी हुन थालेको बाह्य हस्तक्षेपलाई रोक्न सरकारसँग माग गर्दै संयुक्त राष्ट्रिय आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको नेकपा (माले) का महासचिव सिपी मैनालीले जानकारी दिए । ‘संयुक्त राष्ट्रिय आन्दोलन’ नाम दिइएको समूहमा मैनाली नेतृत्वको नेकपा माले, हरिबोल भट्टराई नेतृत्वको नेपाली काँग्रेस (विपी), देवीप्रसाद ओझा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक मञ्चलगायतका नौं वटा राजनीतिक दलहरु आबद्ध रहेका छन् ।

देशलाई आन्तरिक तथा बाह्य हस्तक्षेप हुन नदिन सरकारलाई दबाब दिन पनि आफूहरुले संयुक्त आन्दोलन सुरु गरेको पनि नेकपा मालेका महासचिव मैनालीको भनाई छ ।

नेपाली काँग्रेस (विपी)का उपसभापति झलक वाग्लेले संघीयताको नाममा मुलुकको पहिचान मेटाउने खालका सबै गतिविधि बन्द गराउन सरकारलाई दबाब दिन आफूहरु संयुक्त आन्दोलनमा होमिएको बताएका छन् ।

उनले नागरिकता जथाभावी वितरण गरिएकाले त्यसको छानविनका लागि न्यायिक आयोग तत्काल गठन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

समूहले बाढी, पहिरो र डुबानबाट पीडितलाई राहत तथा उद्दार गर्न सरकार गम्भिर नभएको भन्दै आक्रोश पनि व्यक्त गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ४ : ०६ बजे

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका