चक्रपथको बालाजु–माछापोखरी क्षेत्रमा सफाइ (फोटो फिचर) | Khabarhub Khabarhub

चक्रपथको बालाजु–माछापोखरी क्षेत्रमा सफाइ (फोटो फिचर)


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चक्रपथ सफाइ अभियान अन्तरगत शनिबार बालाजु चोकदेखि माछा पोखरीसम्मको सफाइ गरिएको छ ।

चक्रपथ सफाइ अभियानको १०१ औँ दिनको अवसर पारेर शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म बालाजुदेखि माछा पोखरीसम्मको सफाइ गरिएको हो ।

घरघरबाट सफाइ अभियान संचालन गर्नुपर्छ भन्ने सन्देशका साथ चक्रपथ सफाइ अभियानलाई निरन्तरता दिइएको अभियन्ता ताराबहादुर कुँवरले जानकारी दिए । उनले सफाइ अभियानमा स्थानीय प्रहरी प्रशासन, विद्यालय, सामाजिक संघ, संस्था र स्थानीय महिलाहरुले बढी साथ दिएको बताए ।

आजको सफाइ अभियानमा पनि स्थानीय प्रहरी र महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । २०७१ सालबाट सुरु गरिएको यो अभियान अन्तरगत हालसम्म कलंकीदेखि माछा पोखरीसम्ममा २७८ ट्रक फोहोर संकलन गरी व्यवस्था गरिएको छ ।

अभियन्ता कुँवरका अनुसार गत शनिबार हालसम्म निरन्तर अभियानमा सहभागी भएकाहरुलाई पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा सम्मान पनि गरिएको थियो ।

यो अभियान हरेक शनिबार बिहान ७ बजेबाट ९ बजेसम्म सञ्चालन हुनेछ । अभियानमा सहभागी भएर काठमाडौंको चक्रपथलाई सफा र स्वच्छ बनाउने अभियानमा लाग्न अभियन्ता कुँवरले सबैलाई आह्वान गरे ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  २ : ११ बजे

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर