हत्याको बदला क्रान्तिबाटै लिने विप्लव नेकपाको चेतावनी (विज्ञप्तिसहित) | Khabarhub Khabarhub

हत्याको बदला क्रान्तिबाटै लिने विप्लव नेकपाको चेतावनी (विज्ञप्तिसहित)


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल प्रहरीसँगको भीडन्तमा मारिएपछि बदला लिने बताएको छ।

विहीबार सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्यूरो सदस्य कुमार पौडेल हत्याको विषयलाई लिएर विज्ञप्ति जारी गर्दै क्रान्तिबाटै हत्याको बदला लिने चेतावनी दिएको हो। साथै यस घटनाले पार्टीलाई ठूलो क्षति पुगेको जनाउँदै मृतकप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारमा समवेदना प्रकट व्यक्त गरिएको छ ।

पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणद्वारा हस्ताक्षरित विज्ञप्तिमा आफ्ना कार्यकर्ताको सर्लाहीको लालबन्दी-१ लखन्ती खोलामा साथी पर्खिरहेका पौडलमाथि प्रहरीले हात र टाउको गोली हानी कायरतापूर्वक हत्या गरिएको जनाइएको छ ।

विज्ञप्तिमा लेखिएको छ– ‘नेपाल कम्युनिस्ट पार्टी यो गैरन्यायिक हत्याको विरोध र भ्रर्त्सना गर्दछ र सरकारको राज्यआतंक र हत्याको बदला एकीकृत जनक्रान्तिकै माध्यामबाट लिने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’

बिहीबार दिउँसो प्रहरीसँग गोली हानाहान भएको र दोहोरो झडपमा पौडेलले मृत्यु भएकाे प्रहरीको दाबी छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ११ : ०४ बजे

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न