पदोन्नति भएका २१ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान | Khabarhub Khabarhub

पदोन्नति भएका २१ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हालै पदोन्नति भएका प्राविधिकतर्फका प्रहरी अधिकृतलाई विहीबार दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

गृह मन्त्रालयले असार ३ गते गरेको निर्णयले प्राविधिकतर्फ प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका एक, प्रहरी उपरीक्षकमा पदोन्नति भएका आठ, प्रहरी नायब उपरीक्षकमा पदोन्नति भएका सात, प्रहरी निरीक्षकमा पदोन्नति भएका पाँच गरी २१ जना प्रहरी अधिकृतलाई विहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

पदोन्नति भएका अधिकृतमध्ये नेपाल प्रहरी अस्पताल, प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालय, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला र केनाइन महाशाखाअन्तर्गतका छन् । सो अवसरमा उनले सङ्गठनको सोंच र राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्न व्यावसायिक भावनाका साथ काम गर्न सवैलाई निर्देशन दिए ।

उनले व्यक्तिगत आचरण, व्यवहार र हरेकको व्यक्तित्व झल्काउने भएकाले सङ्गठनको गौरवपूर्ण इतिहासलाई बिर्साउने गरी गलत सपना बोकेर नहिँड्न समेत प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

प्रहरी महानिरीक्षक खनालले प्रहरी कार्यालयका लागि जग्गाप्राप्ति, भौतिक संरचना निर्माण, कर्मचारीको वृत्तिविकासमा पहल र निष्ठापूर्वक गर्वकासाथ काम गर्ने वातावरण निर्माणमा उपलब्धि हासिल भएको उल्लेख गर्दै दृढ इच्छाका साथ काम गर्नुपर्ने थप आवश्यकता रहेको औँल्याएका थिए ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ९ : २६ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर