विश्वकप क्रिकेटमा अस्ट्रेलियाले दियो बंगलादेशलाई ३८२ रनको विशाल लक्ष्य | Khabarhub Khabarhub

विश्वकप क्रिकेटमा अस्ट्रेलियाले दियो बंगलादेशलाई ३८२ रनको विशाल लक्ष्य


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको जारी खेलमा अस्ट्रेलियाले बंगलादेशलाई ३८२ रनको विशाल लक्ष्य दिएको छ ।

४९ औं ओभरको खेल जारी रहँदा वर्षाले केहीबेर प्रभावित भएको खेलमा अस्ट्रेलियाका लागि ओपनिङ ब्याट्सम्यान डेभिड वार्नरले आक्रामक ब्याटिङ गर्दा अस्ट्रेलियाले बंगलादेशविरुद्ध निर्धारित ओभरमा ५ विकेट गुमाएर ३८१ रनको योगफल बनायो ।

ट्रेन्ट ब्रिजमा जारी खेलमा अस्ट्रेलियाका लागि वार्नरसहित ३ ब्याट्सम्यानले अर्धशतक बनाए । वार्नरले १४ चौका र ५ छक्काको मद्दतमा १६६ रन बनाए । यस्तै, उस्मान ख्वाजाले ७२ बलमा १० चौकाको मद्दतमा ८९ रन बनाउँदा कप्तान आरोन फिन्चले ५३ रन बनाए ।

चौथो विकेटका रुपमा मैदान छिरेका अलराउण्डर ग्लेन म्याक्सवेलले आक्रामक ब्याटिङ गर्दै १० बलमा ३२ रनको योगफल बनाए । अस्ट्रेलियाविरुद्ध बंगलादेशका बलरहरुलाई पहिलो तीन विकेट लिन निकै संघर्ष गर्नु पर्‍यो । बंगलादेशका लागि सोम्य सरकारले ३ विकेट लिए भने मुस्ताफिजुर रहमानले १ विकेट लिए ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ७ : ३७ बजे

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको