काठमाडौं महानगरको नीति तथा कार्यक्रम– अण्डरग्राउण्ड पार्किङदेखि ‘स्पेशल टाक्स फोर्स’सम्म | Khabarhub Khabarhub

काठमाडौं महानगरको नीति तथा कार्यक्रम– अण्डरग्राउण्ड पार्किङदेखि ‘स्पेशल टाक्स फोर्स’सम्म



काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरको अधिकार क्षेत्रभित्र पर्ने सडकको मर्मतका लागि ‘स्पेशल टाक्स फोर्स’ गठन गर्ने भएको छ ।

सडकको उचित व्यवसथपन गर्न चौतर्फी दवाव आइरहेका बेला महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सडकको मर्मत सम्भारका लागि ‘स्पेशल टाक्स फोर्स’ निर्माण गरी परिचालन गर्ने नीति सार्वजनिक गरेको हो ।

बिहीवार काठमाडौं महानगरपालिकाले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अगामी वर्षदेखि विद्युतीय बस सेवा सञ्चालनमा ल्याउने घोषणा समेत गरे ।

यस्ता छन् अगामी वर्षका लागि कार्यक्रमहरु

बालाजु बाइसधारा उद्यानको साँस्कृतिक तथा धार्मिक पार्कलाइ स्तरोन्नती, महानगर क्षेत्र भइ बग्ने नदीको सुदृढीकरण, महानगरको केन्द्रिय कार्यलय भवन, भर्टिकल स्मार्ट पार्किङ, पर्यटन पदमार्ग, फोहोरमैला दिगो व्यवस्थापन, कोटेश्वर तीनकुनेमा बुद्धपार्क निर्माण, मेघा हल, सहरी यातायात व्यवस्थापन र मोनोरेल सञ्चालन निर्माण गरिनेछ ।

खाद्य तथा पशु नीति अन्तर्गत सहकारी तथा नीजि क्षेत्रको लगानीमा गुणस्तरीय एवम् आधुनिक बधशाला निर्माण तथा सञ्चालन गरिनेछ । बध गरिने जनावरको स्वास्थ्य परिक्षण, सफा र स्वच्छ बधशालाको विकास र मासु पसलको गुणस्तरीयता परीक्षण गर्ने कार्यको सुरुवात हुनेछ ।

गैरसरकारी तथा गैर नाफामुलक संस्थासँग सहकार्य गरी कुकुरहरुलाइ बन्ध्याकरण र खोप लगाउने कार्य निरन्तर तथा ट्यागिङ्ग लगाउने कार्यको थालनी हुनेछ । साथमा तरकारी तथा फलफुल बजार, बधशाला, माछा मासुका बजारलाई आधुनिकीकरण गरी व्यवस्थित गरिनेछ ।

उद्यमशीलता प्रवद्र्धन नीति अन्तर्गत विभिन्न क्षेत्रहरुमा आवश्यकताका आधारमा सीपमुलक तालिम सञ्चालन गराइ ‘महानगरस्तरीय एकीकृत सीप विकास प्रतिष्ठान’ सञ्चालनमा ल्याइनेछ । साथै महानगर क्षेत्रभित्र विभिन्न स्थान पशिचान गरी नेपाली बस्तुको बजार कोशेली घर तथा यस्तै प्रकृतिका अन्य बजार क्रमिक रुपमा सञ्चालन गर्दै जानेछ ।

महानगरबाट सञ्चालित ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा’ बाट छनोट भएका नविन सोचहरुमध्ये सम्भाव्य देखिएका सोचलाइ परियोजनाका रुपमा अघि लैजानेछ ।

युवाहरुको नविन सोच तथा प्रविधिप्रतिको आकर्षणलाइ ध्यानमा राखि ‘काठमाडौं हब’ को स्थापना गरिने नीति लिनेछ । उद्योग तथा व्यापार नीति अन्तर्गत महानगरभित्र सञ्चालित होटर रेष्टुरेन्ट, सपिङ्गमलहरु दिउँसो र रातिलाई प्रोत्साहित गरिनेछ ।

पर्यट नीति अन्तर्गत मौलिक बस्तीमा सम्पदा भवनहरुको संरक्षण तथा निर्माणको लागि निश्चित मापदण्डको आधारमा अनुदान तथा छुट दिने नीति लिइनेछ । साथै हनुमानढोका दरवार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपति क्षेत्रलाइ ‘पर्यटकीय हब’ का रुपमा विकास गर्ने कार्यक्रमको थालनी गरिनेछ ।

सामाजिक विकास नीति अन्तर्गत शिक्षाको नीतिमा स्थानीय पाठ्यक्रम बनाइ यसै वर्ष जारी गरिने योजना महानगरले अघि सारेको छ ।

आगामी २ वर्षभित्र महानगरपालिकामा प्राविधिक विद्यालय सञ्चालन गरिने र आधारभूत र माध्यमिक तहको शिक्षामा उत्कृष्ट नतिजा हासिल गर्नेलाई महानगर शिक्षा ऐन अनुसार महानगर उत्कृष्ट शिक्षा पुरस्कारलाइ निरन्तरता दिइने महानगरले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

स्वास्थ्य तथा पोषण नीति अन्तर्गत सुविधासम्पन्न अस्पतालको कमी महशुस गरी ‘महानगर जेष्ठ नागरिक अस्पताल’ खोल्न प्रदेश तथा संघीय सरकारसँग समन्वय तथा सहकार्य गरिने महानगरले जनाएको छ । साथै निमोनिया तथा अन्य संक्रमणको रोकथामको लागि ‘मनमोहन अधिकारी जेष्ठ नागरिक निशुल्क खोप कार्यक्रम’ सञ्चालन गर्ने महानगरको तयारी छ ।

महिला, बालबालिका, किशोर किशारी, जेष्ठ नागरिक, अपांगता तथा समाजकल्याण नीति अन्तर्गत सडक मानव मुक्त बनाइने महानगरले जनाएको छ । साथै हिंसामा परेका महिलाहरुलाइ पुनस्र्थापना केन्द्रमा आश्रय दिइ स्वरोजगारमूलक कार्यमा सहभागी गराइनेछ ।

खानेपानी तथा सरसफाइ नीति अन्तर्गत सेप्टिक टेंक सफाइ सेवा प्रदायकलाई नियमन गर्ने र दिसाजन्य लेदो व्यवस्थापनको लागि पूर्वाधारको विकास गरिने महानगरले जनाएको छ ।

संस्कृति तथा सम्पदा नीति अन्तर्गत अमूर्त सम्पदाको संरक्षण तथा सम्र्बद्धन गर्ने नीति दिइने महानगरले जनाएको छ । ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपुर्ण रहेको शोभाभगवती क्षेत्रमा सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको स्मृतिमा सहिद पार्क निर्माण गरिने योजना महानगरले बनाएको छ ।

पशुपतिनाथदेखि बौद्धस्तुपा क्षेत्रमा हरित सम्पदा मार्ग निर्माण गरिने, सहिद धर्मभक्त माथेमाको सिफलमा, सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठको शोभाभगवतीमा पूर्णकदको सालिक प्रतिस्थापन गर्ने योजना महानगरले बनाएको छ ।

त्रिपुरेश्वरदेखि टेकुसम्मको बाग्मती किनारलाइ ‘श्री हुतराम वैद्य स्मृति पैदलमार्ग’ को रुपमा विकास गरिनेछ भने टेकुदेखि विष्णुमतीसम्मको नदीकिनारालाइ ‘श्री भगवानदास मानन्धर स्मृति स्थल’ को रुपमा विकसित गरिने योजना महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा अघि सारेको छ ।

शहरी पूर्वाधार नीति अन्तर्गत नेपाल सरकार राष्ट्रिय तथा अन्तराष्ट्रिय सेवाप्रदायक संस्थाहरुसँग सहकार्य गरी अव्यवस्थित रुपमा रहेका केवल, विद्युत टेलिफोन लगायतका तारहरु व्यवस्थित गर्ने, भौतिक पूर्वाधरा सडक, पेटी, खानेपानी विद्युत टेलिफोन आदिको गुणस्तरीयता कायम गर्न र विभिन्न निकायबिच समन्वय मिलाउन ‘सहरी पूर्वाधार तथा सेवा समन्वय ऐन’ जारी गर्ने महानगरले उल्लेख गरेको छ ।

महानगर क्षेत्रभित्र रहेका सार्वजनिक जग्गाको अतिक्रमण रोकी संरक्षण गर्ने कार्यलाइ प्राथमिकतामा राखि कार्यन्वयन गरिने भएको छ । मेयर उज्यालो कार्यक्रमलाइ निरन्तरता दिइ मुख्य चोकहरुमा हाइमास बत्ती जडान गर्ने महानगरको कार्यक्रम रहेको छ ।

महानगर क्षेत्रभित्र रहेका बाग्मती, विष्णुमति धोवीखोला र मनोहरा नदीको हरेक ५ सय मिटरको दूरीमा आवतजावत गर्न मिल्ने पुल तथा बेलीब्रिजको निर्माण गरिनेछ ।

शहरी यातायात व्यवस्थापन नीति अन्तर्गत निश्चित स्थानमा ‘भेइकल फ्रि जोन’ बनाइनेछन् । महानगरक्षेत्रभित्रका प्रमख चोकहरुमा आधुनिक सिग्नलाइज्ड प्रणालीमा आधारित ट्राफिक बत्ती जडान गरिनेछ । सहरका विभिन्न स्थानमा ‘भर्टिकल पार्किङ’ र ‘अण्डरग्राउण्ड पार्किङ’ निर्माण गरिनेछ । नगरपालिकाहरु एवं नीजि क्षेत्रसमेतको सहभागितामा आगामी वर्ष विद्युतीय बस सेवा सञ्चालनमा ल्याइनेछ ।

सूचना तथा सञ्चार नीति अन्तर्गत नेपाल सरकारले अंगिकार गरेको स्मार्ट सिटीका ४ आधारस्तम्भहरु, स्मार्ट नगरवासी, स्मार्ट अर्थतन्त्र, स्मार्ट पूर्वाधार र स्मार्ट शासनका सूचकलाइ अवलम्बन गी सोही अनुरुप कार्यक्रम गर्नेछ । विभिन्न स्थानमा ‘निःशुल्क वाइफाइ’ सेवा प्रवाह गर्नेछ । महानगरको लगानीमा ‘मेट्रो टेलिभिजन’ सञ्चालन गर्ने नीति ल्याएको छ ।

शहरी विकास तथा भवन मापदण्ड नीति अन्तर्गत दुइ वा दुइभन्दा बढि जग्गाधनीहरुको सहमतिमा एउटै आवसीय भवन निर्माण गर्ने गरी नक्सा पेश गरेमा नक्सापास दस्तुरमा ९० प्रतिशत छुट दिइने कार्यक्रम महानगरले अघि बढाउने बताएको छ ।

प्रदुषण नियन्त्रण नीति अन्तर्गत ब्रमुरले उठाइएको धुलोलाई प्रशोधन गरी नया वस्तु उत्पादन गरिने महानगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी महानगरलाइ प्लाष्टिक झोलामुक्त शहर घोषणा गरिनेछ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ५ : ५८ बजे

पानीमा डुबेर एक युवकको मृत्यु 

दैलेख– भैरवी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

कडुना– दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त

इलाम-२ का प्रारम्भिक उम्मेदवारसँग रास्वपाको छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने

गिजोलिएको टीआरसी विधेयक : सत्तारुढको हतारो, प्रतिपक्षको मोलतोल 

सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकबारे नयाँ बनेको पाँच दलीय गठबन्धन सरकारले

रूसविरुद्ध एफ-१६ लडाकु विमान प्रयोग भए वैध निशाना बनाउने पुटिनको घोषणा

मस्को– युक्रेनलाई दिइएको एफ-१६ लडाकु विमान तेस्रो पक्षबाट प्रयोग गरिएमा