आँपको मूल्यमा दोब्बर वृद्धि, कति पुग्यो मूल्य ? | Khabarhub Khabarhub

आँपको मूल्यमा दोब्बर वृद्धि, कति पुग्यो मूल्य ?


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– आँपको उत्पादनमा कमी आएपछि यसको मूल्यमा दोब्बरले वृद्धि भएको छ । यो वर्ष उदयपुरलगायत यस क्षेत्रमा आँपको उत्पादनमा कमी आएपछि अहिले काँचो आँपको मूल्यमा समेत गत वर्षभन्दा दोब्बरले वृद्धि भएको छ ।

फूल फुलेर फल लाग्ने मौसममा आँपको राम्रो फल लागेको भए तापनि पटक–पटक आएको हावाहुरी र असिनाले उदयपुर जिल्लामा आँप उत्पादनमा ठूलो क्षति भएपछि उत्पादनमा कमी भएको कारण मूल्य वृद्धि भएको आँप उत्पादक व्यावसायिक कृषक र व्यापारी बताउँछन् ।

गत वर्ष यो समयमा काँचो आँपको मूल्य प्रतिकिलो रु ४० देखि ५० सम्म रहेको थियो । यो वर्षको सोही समयमा काँचो आँपको मूल्य प्र्रतिकिलो रु १०० देखि १२५ रहेको गाईघाटका आँप व्यापारी रामजी साहले बताए । गाईघाटका अर्का आँप व्यापारी दुर्गेस दासले अहिले बोटमा नै काँचो आँपको मूल्य प्रतिकिलो रु १०० भन्दा बढी पर्ने गरेको बताउँछन् ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ३ : १९ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द