जेठ महिनामा काम खोज्दै ४६ हजार विदेशिए, ४९ जनाले ज्यान गुमाए | Khabarhub Khabarhub

जेठ महिनामा काम खोज्दै ४६ हजार विदेशिए, ४९ जनाले ज्यान गुमाए


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा संस्थागत रुपमा जाने कामदारको संख्यामा मासिक रुपमै गिरावट आएको छ ।

गत वैशाखको तुलनामा जेठ महिनामा कामको खोजीमा विदेशीनेको संख्या घटेको वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो तंथ्याकमा उल्लेख छ ।

जेठमा संस्थागत र व्यक्तिगत रुपमा जाने कामदारको संख्या कुल ४३ हजार ६ सय ५४ जना रहेका छन् । व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृतिमार्फत गएका ४३ हजार ६ सय ५४ जना मध्ये ६ जना उच्च दक्ष, ७९ जना व्यवसायीक सिप भएका ३ हजार ९ सय ६३ जना, १४ हजार ६ सय ३ जना दक्ष र २५ हजार ३ जना अदक्ष कामदार रहेका छन् ।

विभागले जेठ महिनाको मासिक प्रगति विवरण अनुसार संस्थागत रुपमा जाने कामदारको संख्या १८ हजार ९ सय ५२ रहेको छ । वैशाख महिनामा उक्त संख्या २० हजार १ सय ९६ थियो । गत महिनाको तुलनामा २ हजार कम कामदार जेठ महिनामा विदेशिएका हुन् ।

जेठमा संस्थागत कतार ४ हजार ७ सय ९१ जना रोजगारीका लागि पुगेको विभागको तंथ्याकमा छ । त्यसैगरी यूएई जानेको संख्या ४ हजार ७ सय ८६ रहेको छ भने साउदी अरब जानेको संख्या ४ हजार ६ सय १० रहेको छ । जेठ महिनामा संस्थागत रुपमा १ हजार ९ सय २३ जना मलेसिया गएका छन् ।

जेठ महिनामा अफगानिस्तानमा ३६, अल्जेरियामा ११, बहराइनमा ३ सय २९, चीनमा १०, साइप्रसमा १ सय ८९, जापानमा ११, जोर्डनमा ७३, कुवेतमा १ हजार ४ सय ५५, मकाउमा १८, माल्टामा ४०, ओमनमा २ सय २७, पोल्याण्डमा ४२, पोर्चुगलमा ७५ जना गएका छन् । त्यस्तै जेठमा रोमानियामा १ सय ४८ जना र टर्कीमा १ सय ७६ जना गएको विभागको तंथ्याकमा छ ।

यस्तै जेठ महिनामा वैदेशिक रोजगारीमा गएका ४९ जनाले विभिन्न देशमा ज्यान गुमाएका छन् । जसमा ३ जना महिलाको मृत्यु भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । बोर्डअनुसार जेठ महिनामा कतारमा १८ जना, साउदीमा ९ जना, युएईमा ११ जना, मलेसियामा ९ जना कुवेतमा २ र साइप्रसमा १ जना गरी ४९ जनाले मृत्यु भएको बोर्डले जनाकारी दिएको छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ११ : ३७ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने