बजेट पारित भएपछि मन्त्रिमण्डलमा हेरफेर हुन्छ : प्रचण्ड | Khabarhub Khabarhub

बजेट पारित भएपछि मन्त्रिमण्डलमा हेरफेर हुन्छ : प्रचण्ड


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी आर्थिक वर्षका लागि संसदमा पेश गरिएको बजेट पारित भएपछि मन्त्रिमण्डलमा केही हेरफेर हुने बताएका छन् ।

बजेट पारित भएपछि प्रधानमन्त्री केपी ओलीले केही मन्त्री परिवर्तन गर्ने प्रचण्डको भनाइ थियो । ‘मन्त्रीमण्डल पुनर्गठन गर्ने विषयमा अहिले नै कुनै निर्णय भइसकेको छैन, तर बजेट पारित भएपछि केही हेरफेर गर्ने कि भनेर प्रधानमन्त्री र मेरोबीच छलफल भएको छ,’ पत्रकारको जिज्ञासामा प्रचण्डले भने ।

सरकारले आफ्नो पहिलो वर्षलाई आधार वर्षका रुपमा मानेर संवैधानिक र कानूनी रुपले गर्नुपर्ने कामहरुतर्फ बढी ध्यान केन्द्रित गर्नुपरेको पनि प्रचण्डको भनाइ थियो ।

पार्टी एकताका क्रममा भएका सहमति र सम्झौताविपरीत जाने छुट कसैलाई पनि नभएको उल्लेख गर्दै प्रचण्डले पार्टी र सरकार सञ्चालनका लागि भएका सहमति निकै अगाडि नै सार्वजनिक भइसकेको भए पनि अहिले विवादमा ल्याउन खोजिएको बताए ।

अध्यक्ष प्रचण्डले गुठीसम्बन्धी कानूनलाई एकीकृत बनेको विधेयकलाई नयाँ शीराबाट अगाडि बढाइने पनि बताए । जनस्तरबाट भएको विरोधका कारण अहिलेलाई विधेयक फिर्ता लिइएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ११ : ३१ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न