निर्मला हत्या प्रकरणको ‘कोपिला’ चाँडै पर्दामा | Khabarhub Khabarhub

निर्मला हत्या प्रकरणको ‘कोपिला’ चाँडै पर्दामा


६ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । समाज, समय र परिस्थिति चलचित्रको पाटो हो । चलचित्रमा हासो, रोदन र एक्सनलाई समावेश गरी दर्शकलाई मनोरञ्चन प्रदान मात्र गरिँदैन, चलचित्रबाट समाजलाई एक किसिमको सन्देश दिने गरिन्छ । यस्तै अहिलेको चर्चित र जल्दोबल्दो घटना निर्मला हत्या प्रकरणलाई चलचित्रमा उतारिएको छ ।

कञ्चनपुरकी १३ बर्षीय स्कूले बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ महिना बढी वित्यो, प्रहरी प्रशासनले अझैसम्म दोषी पत्ता लगाउन सकेको छैन । पन्तको हत्यारालाई कारबाहीको माग दिनहुँ हजारौं सर्वसाधारण सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् ।
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘पञ्चायत’ निर्देशन गरेका शिवम अधिकारीले यो फिल्मको निर्देशन गरेका हुन् । हालै एक महिनादेखि चलिरहेको फिल्मको छायांकन सकिएको छ ।

त्यसो त सामाजिक कथावस्तु नै चलचित्रको पहिलो प्राथमिकतामा रहने गर्छन् । गत साउन १० गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । त्यसलगत्तै गत असोज १० गते पोखराकी १० वर्षीया बालिका श्रीया विकको बलात्कारपछि हत्या भयो । बलात्कारपछि हत्या गरेर आफ्नो बाँच्न पाउने अधिकार गुमाएका पन्त र विक प्रतिनिधि पात्र मात्रै हुन् ।

यस्ता धेरै स–साना अबोध बालिकाहरु बलात्कारका शिकारपछि हत्या गर्दा बाँच्च पाउने अधिकार नै गुमाउन पुगेका छन् । यिनै कहालीलाग्दो घटनाक्रमसँग नजिक रहेर ‘पञ्चायत’ निर्देशक शिवमले नयाँ फिल्म ‘कोपिला’ बनाएका हुन् । निर्देशक अधिकारीले चलचित्र कोपिला ‘पञ्चायत’ जस्तैजस्तै रहेको बताए । उनले भने,‘मात्र परिस्थिति र परिवेश फरक हो । वर्षौदेखि बलात्कारको घटनाहरु घटिरहेका छन् । यही संवेदनशील विषयमा केन्द्रित रहेर फिल्म बनाइएको छ । फिल्ममार्फत् यस्तो ग¥यौं भने बलात्कारको घटना रोक्न सकिन्छ भन्ने हामीले एउटा दृष्टिकोण बनाएका छौं र सन्देश दिन चाहेका हौं ।’

चलचित्रमा समिर मिया, रामेश्वर र मेनुका ढुंगाना सह निर्माताको रुपमा रहेका छन् । चलचित्रमा सरिता गिरी, गणेश गिरी, सन्जीवनी खरेल, ऋद्दीचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, प्रक्रिती खरेल, राखी क्षेत्री लगायतको अभिनय रहेको छ ।
चलचित्रमा पन्तको बलत्कार र हत्यापछि सिर्जित सामाजिक स्थिति र हालसम्मको अवस्था चित्रण गरिएको छ । फिल्मको प्रमुख पात्र निर्मला अर्थात् टाइटल क्यारेक्टरमा सञ्जीवनी खरेललाई कास्ट गरिएको छ ।

‘कोपिला’ मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोबैज्ञानिक परिस्थितिलाई समेत समावेश गरिएको जनाइएको छ । फिल्ममा मणिराज गौतम र करुणाकर घिमिरे मुख्य निर्माता रहेका छन् ।

प्रकाशित मिति : ६ माघ २०७५, आइतबार  २ : १३ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका