न्यायको अनुभूति दिलाउन कांग्रेसको छाँया सरकार « Khabarhub

न्यायको अनुभूति दिलाउन कांग्रेसको छाँया सरकार


६ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारका पछिल्ला गतिविधिलाई सुक्ष्मरूपमा अध्ययन गर्न नेपाली कांग्रेसले छाँया सरकार गठनलाई तीव्रता दिएको छ । अबको दुई तीन दिनमा छाँया सरकार गठनले पूर्णता पाउने कांग्रेसले जनाएको छ ।

कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले अबको तीन दिनभित्र छाँया सरकार गठनले पूर्णता पाउनेगरी तयारी भइरहेको जानकारी दिएका हुन् । नेताहरुको व्यस्तताका कारण तोकिएको समयभन्दा ढिलाइ भएको बताउँदै उहाँले आज–भोलिसम्म इच्छुक नेताको निवेदन आइसक्ने बताए ।

सरकारका गतिविधिलाई सूक्ष्म ढंगले अध्ययन गर्न छायाँ सरकार गठनको आवश्यक परेको नेता विश्वकर्माले बताए । उनले सरकारका पछिल्ला गतिविधिले आक्रान्त जनतालाई न्यायको अनुभूति गराउन छायाँ सरकार आवश्यक परेको उल्लेख गरे ।

सरकारले अधिनायकवादी चरित्र देखाउँदै गएको उहाँको भनाइ छ । कञ्चनपुरकी बालिका निर्मला पन्तले न्याय नपाउनु र वाइडबडी खरिद प्रकरणमा मुछिएकालाई संरक्षण गरिनु सरकारको बदनियतपन भएको नेता विश्वकर्माले बताए ।

प्रकाशित मिति : ६ माघ २०७५, आइतबार  ९ : २० बजे

जसपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौँ– जनता समाजवादी पार्टीले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण 

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण

कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला जारी 

काठमाडौँ– कांग्रेस नेता डा. शेखर कोइराला निकट नेताहरूको भेला जारी

राप्रपा आईडीयूको पूर्ण सदस्य, बर्लिनमा उपाध्यक्ष गुरुङले गरे सदस्यता ग्रहण 

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डेमोक्रेटिक पार्टीहरूको अन्तर्राष्ट्रिय एलाइन्सको अग्रणी

आरजु देउवालाई कोरोना संक्रमण 

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण