सरकारी वेबसाइटहरुमा भएको साइबर आक्रमणमा नेपालस्थित चिनियाँ ह्याकरहरुको ‘संलग्नता’ | Khabarhub Khabarhub

सरकारी वेबसाइटहरुमा भएको साइबर आक्रमणमा नेपालस्थित चिनियाँ ह्याकरहरुको ‘संलग्नता’


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत वैशाख २१ र २२ गते  सर्भर नै डाउन हुनेगरी नेपालका २ सयभन्दा धेरै महत्वपूर्ण सरकारी वेबसाइटमा भएको साइबर आक्रमणमा चिनियाँ दूरसञ्चार कम्पनी हुवावेसँग आबद्ध ह्याकरको संलग्नता रहेको खुलासा भएको छ ।

उक्त साइबर आक्रमणमा हुवावेसँग आबद्ध चाइना कम्युनिकेशन सर्भिस इन्टरनेशनल नामक कम्पनीका ह्याकरहरुको संलग्नता रहेको विशेष सुरक्षा श्रोतले खबरहबलाई जानकारी दिएको छ । उसले आफ्नो प्राविधिक उपकरणलाई जासुसीका लागि प्रयोग गरेको अमेरिकी आरोप छ ।

श्रोतका अनुसार उक्त कम्पनीसँग नेपालका महत्वपूर्ण तथा रणनीतिक क्षेत्रलाई नै खतरा पुग्नेगरी साइबर आक्रमणको क्षमता रहेको छ । यसअघि गत वैशाख २३ गते बेलुकी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी तथा प्रहरी मुख्यालयको आईटी निर्देशनालयको संयुक्त टोलीले उक्त कम्पनीको कार्यालयमा छापा मारेपछि यस्तो रहस्यको खुलासा भएको हो ।

नक्सालस्थित प्रहरी मुख्यालय नजिकै भाडामा लिइएको कम्पनीको कार्यालयमा प्रहरीले छापा मार्ने क्रममा करिब २५ जना चिनियाँ प्राविधिक कार्यरत थिए । सुरक्षा श्रोतका अनुसार प्राविधिकहरुसँगको सोधपुछका क्रममा वैशाख २१ र २२ गते २ सय भन्दा धेरै सरकारी वेबसाइटमा साइबर आक्रमण गर्नुमा उनीहरुकै संलग्नता रहेको खुलासा भएको हो।

प्रहरी श्रोतले खबरहबलाई जनाएअनुसार प्रहरीले छापा मारेसँगै चिनियाँ प्राविधिकहरु ‘अत्तालिएर’ आफ्ना सामान लिएर भाग्न खोजेका थिए । सो क्रममा प्रहरीले ल्यापटप बरामद गरी केही प्राविधिकलाई नियन्त्रणमा समेत लिएको श्रोतको भनाइ छ ।

नियन्त्रणमा लिइएका चिनियाँ प्राविधिकसँग सोधपुछ गर्ने क्रममा केही शंकास्पद चिनियाँ नागरिक आएर पक्राउ परेका मानिसहरुलाई सुरक्षित रुपमा भगाउन सहयोग गरेका थिए । प्रहरी प्रवक्ता विश्वराज पोखरेलले भने यो विषयमा आफूहरु जानकार नभएको बताए ।

‘यस्तो साइबर आक्रमणको क्षमता भएका ह्याकरले नेपालको सञ्चार प्रणालीलाई नै ध्वस्त बनाउन सक्छन् ।’ श्रोतले भन्यो । श्रोतले खबरहबलाई जनाएअनुसार यो घटनाबाट हाल सीमा पार अप्टिकल फाइबर विछ्याउने नाममा नेपालमा रहेको हुवावेका चिनियाँ ह्याकरको निशानामा नेपालसमेत पर्न गएको देखिएको छ ।

चाइना कम्युनिकेशन सर्भिस इन्टरनेशनलसँग नेपाल टेलिकमले मुलुकमा फोरजी र फाइभजी सञ्जाल स्थापना गर्न अप्टिक फाइबर विछ्याउनका लागि गत पुष १८ गते ठेक्का सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार उक्त कम्पनीले सर्भे गर्न भन्दै गत मार्च महिनामा अधिकांश चिनियाँ र १० जना नेपालीसहित करिब ३५ जना सफ्टवेयर इन्जिनियरलाई नियुक्त गरेको थियो ।

यद्यपि सर्भेका लागि भन्दै नियुक्त गरिएका सबै चिनियाँ इन्जिनियर आफ्नो कार्यालयमा छापा मारिएको भोलिपल्टै अर्थात् वैशाख २४ गते नै ठेक्का सम्झौता अनुसार सर्भे गर्ने आफ्नो जिम्मा पूरा नै नगरी नेपाल छाडेर चीनतर्फ भागेका थिए । त्यस्तै, सर्भे गर्ने कामका लागि खटिएका चिनियाँ अधिकारी भने ‘अर्कै कामका लागि’ भन्दै दक्षिण अफ्रिकातर्फ लागेका थिए । अप्टिकल फाइबर विछ्याउन सर्भेको काम सक्न अझै एक महिना लाग्ने बताइएको छ । पछिल्लो घटनापछि अनुसन्धानकर्ता नै नेपालमा हुवावेको उपस्थिति मुलुकको सुरक्षा तथा सञ्चार प्रणालीका लागि नै खतरा त हुने होइन भन्ने आशंकामा रहेको श्रोतको भनाइ छ ।

हुवावे यसअघि पनि नेपालमा विवादित बनेको थियाे । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले नेपाल टेलिकमको सीडीएमए परियोजनाको ठेक्का पाएको म्याद ६ वर्ष नाघ्दा पनि  पूरा नगरेको भन्दै हुवावेलाई गत मंसिरमा ३२ करोड रुपैयाँ जरिवाना तिराएको थियो । त्यस्तै, प्रधानमन्त्री निवास बालुवाटारमा बनाउने भनिएको डिजिटल एक्सन रुमका लागि हुवावेले विना प्रतिस्पर्धा ठेक्का पाए पनि विवाद बढेपछि रोकिएको थियो । हाल त्यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ ।

बुधबार मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावेलाई लक्षित गरी विदेशी प्राविधिक कम्पनीले राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याउन सक्ने भन्दै मुलुकमा आर्थिक संकटकालको घोषणा गरेका थिए । ट्रम्प प्रशासनको घोषणा अनुसार हालै अमेरिकी प्राविधिक कम्पनी गुगलले हुवावेसँग केही करोबार बन्द गर्ने जनाएको थियो ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  १० : १५ बजे

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले

ओलीको प्रतिवेदन : विचार मिल्नेहरू माझ सहकार्य आवश्यक  

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य प्रश्नहरूमा न्यूनतम

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदन (पूर्णपाठ )

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ