‘पोइ पर्‍यो काले’ को औपचारिक घोषणा, पूजाको श्रीमान बन्दै सौगात | Khabarhub Khabarhub

‘पोइ पर्‍यो काले’ को औपचारिक घोषणा, पूजाको श्रीमान बन्दै सौगात


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तस्वीर – आर्यन बिमली

काठमाडौं – चलचित्र ‘पोइ पर्‍यो काले’ को औपचारिक घोषणा गरिएको छ । महिनौँअघिदेखि नै फिल्म निर्माणको हल्ला बाहिर आएको थियो । सोमवार राजधानीमा पत्रकार सम्मेलन गरी फिल्मको ‌औपचारिक निर्माणसँगै फिल्मको मुहूर्त गरियो । चलचित्र आएँदो कार्तिक ८ गतेदेखि प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ ।

शिशिर राणाले निर्देशन गर्ने यो फिल्ममा पूजा शर्मा, सौगात मल्ल, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल, आकाश श्रेष्ठ, जयनन्द लामा लगायतका कलाकारको मुख्य भूमिकामा अभिनय रहनेछ । फिल्मको कथा निर्देशक राणाले नै लेखेका हुन् । चलचित्रमा पूजाको श्रीमानको भूमिकामा सौगात मल्ल रहनेछन् ।

सुरक्षा पन्तको छोटो भूमिका रहने यो फिल्ममा ताराप्रकाश ‘किम्भे’ को सम्पादन रहेको छ । यस्तै फिल्ममा दीपक मनाङे र देवी राईको निर्माण रहनेछ भने किरण नेपाली र रघु परियार सह–निर्माताका रुपमा छन् ।

जेठ १३ गतेबाट फ्लोरमा जान लागेको यो फिल्म स्तरीय बनाउने निर्देशकले दाबी गरे ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ५ : २७ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही