इस्लामिक स्टेटआबद्ध कैदीद्वारा जेलभित्रै झडप, सुरक्षाकर्मीसहित ३२ जना मारिए | Khabarhub Khabarhub

इस्लामिक स्टेटआबद्ध कैदीद्वारा जेलभित्रै झडप, सुरक्षाकर्मीसहित ३२ जना मारिए


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताजिकिस्तान– आतंकवादी संगठन इस्लामिक स्टेटसँग आबद्ध रहेको अभियोगमा जेल जीवन बिताइरहेका कैदीहरुले ताजिकिस्तिानको एक जेलमा हिंसा मच्चाउँदा कम्तीमा ३२ जनाको ज्यान गएको छ ।

राजधानी दुशान्बेबाट १० किलोमिटर टाढा बाखदात शहरमा रहेको जेलमा हिंसात्मक दंगा मच्चिएको हो । उक्त घटनामा ३ जना जेलका सुरक्षाकर्मी तथा २९ कैदी मारिएको जनाइएको छ । इस्लामिक स्टेटसँग आबद्ध रहेको अभियोगमा जेल जीवन बिताइरहेका कैदीले शुरुमा चक्कु प्रहार गरी तीन सुरक्षाकर्मी तथा ५ कैदीको हत्या गरेपछि हिंसा शुरु भएको थियो ।

हिंसालाई साम्य पार्न सुरक्षाकर्मीले जेलभित्र गोली चलाएका थियो । यसक्रममा अन्य २४ कैदी मारिएको जनाइएको छ । सन् २०१५ मा इस्लामिक स्टेटमा भर्ना हुन सिरिया पुगेका ताजिकिस्तानको वरिष्ठ सुरक्षा अधिकारी गुलरमोड खालिमोभका छोरा बेखुर्ज गुलमरोडको नेतृत्वमा हिंसा शुरु भएको बताइएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ३ : ५१ बजे

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी