बाँकेका दुर्गम गाउँमा सरुवा रोगको प्रकोप, औषधि र स्वास्थ्यकर्मीको अभाव | Khabarhub Khabarhub

बाँकेका दुर्गम गाउँमा सरुवा रोगको प्रकोप, औषधि र स्वास्थ्यकर्मीको अभाव


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– बाँकेका अति दुर्गम गाउँमा सरुवा रोगको प्रकोप बढेको छ । झाडापखाला र कमलपित्त (जण्डिस)जस्तो रोगको प्रकोप फैलिए पनि उपचारका लागि औषधि र स्वास्थ्यकर्मीको अभाव छ ।

जिल्लाको खयरभट्टी, चुनभट्टी, महेशपुरलगायतका गाउँमा सरुवा रोगको प्रकोप देखिएको हो ।

महेशपुरकी स्थानीय मिना बुढाले गाउँमा फैलिएको सरुवा रोगका कारण स्थानी आक्रान्त बनेको बताइन् । रोगको प्रकोप बढ्दै गएपनि गाउँमा भएको एउटा स्वास्थ्य चौकीमा औषधि र स्वास्थ्यकर्मी नभएको बुढाले सुनाइन् ।

आफ्ना १० वर्षीया छोरा पनि कमलपित्त (जण्डिस)बाट ग्रसित रहे पनि उपचारका लागि गाउँमा औषधि र स्वास्थ्यकर्मी नहुँदा समस्या भएको बुढाले सुनाइन् ।

‘छोरालाई जण्डिस भएको १ महिना भइसक्यो, भारतका अस्पताल र नेपालगञ्ज पु¥याउँदा पनि ठीक भएको छैन,’ बुढाले भनिन्, ‘अब त छोराको उपचार गर्न पनि पैसा छैन ।’

बुढाले गाउँका हरेक घरमा जण्डिस र झाडापखालका बिरामी रहेको पनि सुनाइन् ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ३ : १३ बजे

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने

काठमाडौं– समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ बैशाख १२

चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

बुटवल– सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल

आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु

गल्याङ– स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको

मस्कको सुझाव- रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !

काठमाडौंं– स्पेसएक्सका मालिक एलन मस्कले इजरायल र इरानबीच बढ्दो तनावबीच

दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ

संखुवासभा– आफ्नै दाइ ४१ वर्षीय सनमान राईको हत्या गरेको आरोपमा सभापोखरी गाउँपालिका-३