‘प्लेयर अफ दिय इयर’सँगै एम्बाप्पले जिते २ अवार्ड | Khabarhub Khabarhub

‘प्लेयर अफ दिय इयर’सँगै एम्बाप्पले जिते २ अवार्ड


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्स तथा पेरिस सेन्ट जर्मन (पीएसजी) का स्ट्राइकर केलियन एमबाप्पे ‘प्लेयर अफ दि इयर’ अवार्डबाट सम्मानित भएका छन् ।

फ्रान्सेली लिग वानमा यस सिजनमा उत्कृष्ट प्रदर्शन गरेका एमबाप्पेले युनियन नेसनल डी फुटबलर्स प्रोफेसनल्स (युएनएफपी) ले प्रदान गर्ने प्लेयर अफ दि इयर अवार्ड जितेका हुन् ।

युएनएफपीले एम्बाप्पेलाई आइतबार राति अवार्ड प्रदान गरेको हो । यस्तै, एमबाप्पेले ‘वर्ष युवा खेलाडी’को अवार्ड समेत हात पारेका छन् ।

पीएसजीलाई लिग वानको उपाधि दिलाउन मुख्य भूमिका खेलेका एम्बाप्पेले लगातार तेस्रो सिजन वर्ष युवा खेलाडीको अवार्ड जिते ।

एमम्बाप्पेले यो सिजनमा लिग वानमा सर्वाधिक ३० गोल गरे । अवार्ड पाएका एम्बाप्पेले आफ्नो लागि सबैभन्दा खुसीको क्षण भएको बताए । ‘यो मेरा लागि निकै महत्वपूर्ण क्षण हो । जुन मेरो करियरका लागि पहिलो वा दोस्रो टर्निङ पोइन्ट हो जस्तो लाग्छ,’ उनले भने,‘मैले यहाँ धेरै कुरा पाएको छु । यो सफलतासँगै मैले अझै धेरै जिम्मेवारी बढे जस्तो लागिरहेको छ ।’

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  २ : ३४ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना