राजश्व चुहावट नियन्त्रण गर्न प्रदेश र स्थानीय तहले पनि कारबाही गर्न पाउने | Khabarhub Khabarhub

राजश्व चुहावट नियन्त्रण गर्न प्रदेश र स्थानीय तहले पनि कारबाही गर्न पाउने


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजश्व चुहावट नियन्त्रण गर्न अब प्रदेश र स्थानीय तहले पनि कारबाही प्रक्रिया अगाडि बढाउन पाउने भएका छन् ।

सरकारले सोमबारको प्रतिनिधिसभाको बैठकमा पेश गरेको राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक २०७५ पारित भए प्रदेश र स्थानीय तहले पनि उक्त अधिकार पाउने छन् ।

प्रतिनिधिसभाको सोमबारको वैठकमा विधेयक पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले राजश्वका अधिकार प्रदेश र स्थानीय तहमा गएकाले राजश्व चुहावटमा पनि प्रदेश र स्थानीय तहले कारबाही गर्नसक्ने व्यवस्था विधेयकमा गरिएको बताए ।

राजश्व चुहावट नियन्त्रणको दायरालाई फराकिलो बनाउँदै अनुसन्धानलाई प्रभावकारी बनाउने मन्त्री खतिवडाको भनाइ थियो । साथै, राज्य संचालनको परिवर्तित मोडल अनुसार राजश्व संकलन र प्रभावकारी परिचालनका लागि सरकारले संसोधन विधेयक ल्याएको खतिवडाले दाबी गरे ।

उनले राजश्व चुहावटमा धेरै प्रकारका प्रकृति र प्रवृति हुने र ती विषयलाई प्रस्तावित ऐनको विधेयकले सम्बोधन विश्वास व्यक्त गरे ।

कर छलि गर्नेलाई कारवाही गर्ने अधिकारीका बारेमा पनि विधेयकमा स्पष्ट गरिएको खतिवडाले जानकारी दिए ।

राजश्व संकलन र कर चुहावट नियन्त्रण गर्ने अर्थमन्त्रालय मात्रै एउटै निकायको रुपमा रहँदा नियन्त्रण र संकलनको काम हुदैन भनेर प्रधानमन्त्रीको कार्यालयमा राजश्व अनुसन्धान विभागलाई लगेको र अनुगमनको प्रभावकारीता बढाउने विषय विधेयकमा समावेश गरिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  २ : १९ बजे

आजका समाचार : कतारका अमिर थानी नेपालमादेखि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटसम्म

कतारका अमिर थानी काठमाडौंमा कतारका अमिर शेख तमिम बिन हमाद

कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आज

कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते विश्वासको

बँदेलले टोक्दा सातजना घाइते

दैलेख– रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको

‘कर्णालीमा नेपाली भाषा र साहित्यको पृष्ठभूमि र इतिहास छ’

सुर्खेत – लामो समयदेखि भाषा र साहित्यको अध्ययन गरेका विद्वानहरूले