सार्वजनिक यातायतका साधनमा थप विशेष प्रहरी परिचालन हुने | Khabarhub Khabarhub

सार्वजनिक यातायतका साधनमा थप विशेष प्रहरी परिचालन हुने


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीका साधानमा महिलामाथि हुने हिंसाका घटनालाई कम गर्न प्रहरीले थप विशेष टोली परिचालन गर्ने भएको छ ।

सार्वजनिक यातायातमा महिलामाथि हुने हिंसाका घटना रोक्न प्रहरीले गत वर्षदेखि विशेष टोली परिचालन गरेको थियो । विशेष टोलीले सार्वजनिक यातायातमा महिलामाथि हिंसा गर्ने २ सय ४३ जनालाई गत वर्ष पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) शैलेश थापा क्षेत्रीले सार्वजनिक बसमा महिलामाथि हुने हिंसा कम गर्न थप विशेष प्रहरी परिचालन गर्न लागिएको बताएका हुन् ।

पछिल्लो समय सामाजिक सञ्जालका कारण उत्पन्न साइबर अपराध नियन्त्रण गर्न प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा ‘साइबर ब्युरो’ स्थापना भएको जानकारी दिँदै डिआईजी थापाले अपराध नियन्त्रणमा सो ब्यूरोले प्रभावकारी काम समेत गरेको बताए ।

पछिल्लो समयमा साइबर अपराधमा किशोरकिशोरी र युवायुवतीको बढी संलग्नता देखिएको उनको भनाइ थियो । डिआईजी थापाले कम उमेरका आफ्ना छोराछोरीलाई सामाजिक सञ्जालबाट टाढा राख्न पनि अभिभावकलाई सुझाव दिए ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  १ : ५२ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही