प्रहरीले जंगलमा भेटायो बेबारिसे १२ बन्दुक | Khabarhub Khabarhub

प्रहरीले जंगलमा भेटायो बेबारिसे १२ बन्दुक


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– प्रहरीले सुर्खेतको जंगलमा १२ वटा बेबारिसे बन्दुक फेला पारेको छ । प्रहरी चौकी बड्डचीरबाट खटिएको टोलीले गस्तीका क्रममा जंगलमा बेबारिसे फालिएको अवस्थामा उक्त परिमाणका घरेलु भरुवा बन्दुक फेला पारेको हो ।

उक्त  बन्दुक प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई बुझाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी प्रदीपबहादुर क्षेत्रीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पछिल्लो एक महिनामा अबैध हातहातियार खोज तलास अभियान अन्तर्गत बराहतालका स्थानीयले पक्राउ पर्ने डरले ती भरुवा बन्दुक जंगलमा वेबारिसे छोडि दिएको हुन सक्ने बताए ।

उनले बराहतालबाट यतिका धेरै बेबारिसे घरेलु हतियार फेला पर्नुले आफुहरुलाई सशंकित बनाएको र आवश्यक कारवाहीका लागि पुनः सर्च अभियानलाई तीव्रता दिइने बताए ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  १० : ०४ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन