शर्माको निधनले नेपाली भाषा साहित्यका क्षेत्रमा ठूलो क्षति पुग्यो– प्रधानमन्त्री | Khabarhub Khabarhub

शर्माको निधनले नेपाली भाषा साहित्यका क्षेत्रमा ठूलो क्षति पुग्यो– प्रधानमन्त्री


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌–  कोषकार एवं साहित्यकार वसन्तकुमार शर्माको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । सन्तानब्बे वर्षको उमेरमा साहित्यकार शर्माको चाबहिल मैजुबहालस्थित आफ्नै निवासमा आज निधन भएको थियो ।उनको निधनले नेपाली भाषा साहित्यका क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारमा समवेदन प्रकट गरे ।

उनले आज सामाजिक सञ्जाल ट्वीटमार्फत भनेका छन्“वरिष्ठ भाषाशास्त्री, शब्दकोषकार तथा साहित्यकार वसन्तकुमार शर्मा ‘नेपाल’को निधनको खबरले अत्यन्त दुःख लागेको छ, उहाँको निधनले नेपाली भाषा साहित्यको क्षेत्रमा ठूलो क्षति पुगेको छ, दिवङ्गत स्रष्टाप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।”

विसं १९७९ चैत शुक्ल नवमी अर्थात् रामनवमीका दिन जन्मनुभएका साहित्यकार शर्मा दुई महीनादेखि निवासमै अचेत अवस्थामा थिए । उनीमस्तिष्कघात (ब्रेन स्ट्रोक), अल्सरलगायत रोगबाट पनि पीडित थिए । नेपाली भाषामा सबैभन्दा धेरै शब्द सङ्कलन गरिएको उनको ‘नेपाली शब्दसागर’ विसं २०५७ चैत ३० गते प्रकाशन भएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ७ : ५५ बजे

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।