वर्तमान सरकार कुहिरोको काग जस्तो– पौडेल | Khabarhub Khabarhub

वर्तमान सरकार कुहिरोको काग जस्तो– पौडेल


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसका लागि भ्रष्टाचारको विषय पहिलो एजेण्डा हुने बताएका छन् ।

बुटवलमा नेपाली काङ्ग्रेस, रुपन्देही क्षेत्र नं ४ द्वारा शनिवार आयोजित क्षेत्रीय सम्मेलनमा नेता पौडेलले भ्रष्टाचारको विषयमा कुनै सम्झौता नहुने बताए ।

नेता पौडेलले मुलुकमा संस्थागत भ्रष्टाचार बढेको उल्लेख गर्दै बालुवाटारको जग्गा प्रकरणमा संलग्न भएकालाई संसद्मा ठ¥याउनुपर्ने विचार व्यक्त गरे ।

नेता पौडेलले वर्तमान सरकार कुहिरोको काग भएको टिप्पणी गर्दै अरुको आलोचना गर्ने सरकारले आत्म समीक्षा गर्न नसकेको बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले सरकार विरुद्ध आन्दोलन आवश्यक भएको बताए ।

नेपाली काङ्ग्रेस प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री ओली नियन्त्रण शासन प्रणालीको पक्षमा भएको र सभामुख कृष्णबहादुर महरा सत्ताको लाचार छाँया जस्तो देखिएको आरोप लगाए ।

नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले सरकारबाटै संविधानलाई खतरा भएको टिप्पणी गरे ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  १० : ११ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका