मोबाइलमा फोन नलाग्दा बारम्बर सुनिने स्वर कसको हो, तपाईंलाई थाहा छ ? | Khabarhub Khabarhub

मोबाइलमा फोन नलाग्दा बारम्बर सुनिने स्वर कसको हो, तपाईंलाई थाहा छ ?


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोबाइलमा फोन गर्दा कुनै कारणवस फोन लागेन वा गर्न खोजिएको फोन व्यस्त भएमा उताबाट आउने आवाज अधिकांश जसो मोबाइल प्रयोगकर्तालाई कण्ठ भइसकेको छ ।

नेपाल टेलिकमको मोबाइल वा एनसेल मोबाइलमा फोन गर्दा स्वीच अफ भए सम्पर्क हुन नसके आउने आवाज कसको होला ? तपाईंलाई यसबारे जानकारी छ ?

नेपाल टेलिकमको (एनटिसी) मोबाइलमा फोन गर्दा आउने जानकारी ‘तपाईले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ । केही समयपछि पुनः डायल गर्नुहोला ।’ भन्ने जाकारी दिने स्वर अनुपमा कर्माचार्यको हो । भने एनसेलमा सुनिने आवाज सुबानी मोक्तानको हो ।

नेपाल टेलिकमले मोबाइल सेवाका लागि सन्देश रेकर्ड गराउन कलाकारको खोजी गरेको थाहा पाएपछि अनुपमा आफ्नो स्वर रेकर्ड गरेर पठाइन्। अरू केही कलाकारसँगै उनको स्वर पनि छानियो।

उनै कर्माचार्यको स्वर अहिलेसम्म पनि बजिराखेको छ। त्यस्तै टेलिकममा बज्ने स्वरमध्ये भूमिका थापाको स्वर पनि हो। उनले रेकर्ड गराएको सन्देश अङ्ग्रेजी भाषामा बज्छ।

पछि सुरु भएको अर्को निजी दूरसञ्चार कम्पनी एनसेलका लागि सुबानी मोक्तानले पनि आफ्नो स्वर दिएकी छन्।

अनुपमा कर्माचार्यले केही अन्य विज्ञापनमा पनि स्वर दिएकी छन्। हाल उनी नेपाल विद्युत् प्राधिकरणसँग आबद्ध छिन्।

भूमिका थापा पहिला रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्थिन् भने सुबानी मोक्तान गायिका हुन्।

बीबीसी नेपालीको सहयोगमा

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ५ : २८ बजे

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन