के चाहन्छन् आमाबुवा, असल छोरा कसरी बन्ने ? | Khabarhub Khabarhub

के चाहन्छन् आमाबुवा, असल छोरा कसरी बन्ने ?


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सामाजिक मान्यताहरुमा एवं जीवनशैलीमा तिब्र परिवर्तन आइरहेको छ । जसका कारण पुरातन मान्यताहरुको उपेक्षा भइरहेको छ र समाजमा पारिवारिक संस्कार र संस्कृतिहरु भत्किन थालेका छन् ।

कुनै समय थियो पिता(बुवा) लाई देवता तुल्य मानेर पुत्र(छोरा) उनको सेवामा आफ्नो सबैकुरा अर्पण गर्न तयार हुन्थे । पिताले पनि आफ्ना छोराछोरीलाई भक्तको समान प्रेम गर्थे र सबै भाइहरुबीचमा समान भाव राख्थे ।

पिता–पुत्रको पौराणिक सम्बन्धका लागि रामायण, महाभारत, श्रवणकुमारले मातापिताका लागि गरेको त्याग समर्पण र कर्तव्यलाई बुझ्न जरुरी छ ।

तर अहिले समय फेरिएको छ । आफ्ना सन्तानलाई माया प्रेम, समभाव, आदर्श, शिक्षा दिने बुवाहरु घटेका छन् भने आफ्ना बुवा आमाको सेवा भन्दा धन सम्पत्तिमा रुची राख्ने सन्ताहरु बढिरहेका छन् ।

सन्तानका आदर्श पात्रको रुपमा रहने मातापितालाई अवहेलना गर्ने र उनीहरुको अवमूल्यन गर्ने सन्तानका कारण पारिवारिक समस्या बढ्दै गएका छन् । पिता पुत्रका सम्बन्धमा बढ्दै गएका दरारका कारण पारिवारिक स्नेहमा समेत कमी आउँदैछ ।

पारिवारिक समस्या वा सन्तान र आमा–बुवाबीचको समस्या बढ्नुमा दोष एक जनाको मात्र हुन्छ भन्ने होइन ।

पछिल्लो समय संयुक्त पारिवारिक संरचनामा समस्या बढिरहेको छ । जन्मदिने आमाबुवालाई बृद्धाश्रममा राखेर आफ्ना सन्तानबाट भविष्यमा आफूलाई राम्रो गर्ने अपेक्षा गर्ने नयाँ र आधुनिक पुस्ताको संख्यामा समेत बढोत्तरी भइरहेको छ ।

पिता–पुत्र सम्बन्धमा दरार आउनुमा वास्तुविज्ञानको समेत दोष रहने बास्तुशास्त्रीहरुको तर्क रहेको छ । तर आमाबुवासँगको छोराछोरीको सम्बन्धमा समस्या आउनुमा वास्तुशास्त्र भन्दाबढी संस्कार, व्यवहार, माया, स्नेहको प्रभाव हुन्छ ।

आमाबुवासँग छोराछोरीको सम्बन्ध विचारको डिरोले बाँधिएको सम्बन्ध हो । एक अर्काबीच विचार नमिल्दा उक्त डोरी कमजोर हुँदै जान्छ र अन्ततः यस्तो स्थिति बन्छ कि अनमोल सम्बन्ध शत्रुवत अवस्थामा पुग्छ ।

पारिवारिक कलह बढ्नुमा वा समस्या उत्पन्न हुनुमा विशेष गरेर बुवा छोराको सम्बन्ध कारक बन्ने गरेको छ । छोरीहरु विवाह गरेर अरुकै घरमा जाने हाम्रो संस्कार संस्कृति र परम्परा भएपछि आमाबुवाले छोरा बुहारीबाट अपेक्षा गर्नु अस्वभाविक पनि होइन ।

आमाबुवाले सन्तान(छोरा)बाट राख्ने अपेक्षा र छोराले आमाबुवामाथि गर्ने व्यवहारले पारिवारिक तनावको व्यवस्थापन गर्न सकिन्छ ।
हिन्दू परिवारमा विवाहिता महिलाबाट उत्पन्न भएको पुलिंग सन्तानलाई पुत्र भनिन्छ । पुत्रलाई छोरा भन्ने गरिन्छ ।

पुत्रको प्रारम्भिक अर्थ लघु अथावा सानो हुन्छ । ‘पुत्रक’ शव्दको अर्थ वा सम्बोधन आफू भन्दा सानो मानिसलाई माया युक्त रुपमा गरिने सम्बोधन हो ।

यो शब्दको धार्मिक व्युत्पत्ति तर्फ जाने हो भने पुत्रको अर्थ ‘पुत=नरकबाट, त्र=बचाउने वाला’ भन्ने अर्थ लाग्छ । अर्थात्– पुत्रबाट पिता तथा अन्य पितृको उद्धार हुन्छ यसकारण पितृलाई नरकबाट उन्मुक्त गर्ने पात्र पुत्र हो भन्ने धार्मिक मान्यता रहन्छ । धर्मशास्त्रहरुमा १२ प्रकारका पुत्रहरुको व्याख्या गरिएको छ ।

के चाहन्छन् आमा–वुवा ?

आमाबुवा जसले आफूलाई सकाएर सन्तानको हेराचाह र लालन पालन गरेका हुन्छन् । आफू नखाएर सन्तानलाई खुवाउँछन् र आफूले पीडा सहेर सन्तानलाई सुख दिन खोज्छन् ।

धर्म शास्त्रमा भनिएको छ– यं मातापितरौ क्लेशं सहेते सम्भवे नृणाम् ।
न तस्य निष्कृतिः शक्या कर्तुं वर्षशतैरपि ॥

अर्थ– मनुष्यको जन्मपछि आमा बुवाले सन्तानको लागि जुन दुःख सहन्छन् त्यसको बदला सन्तानले सयौं वर्षमा पनि चुकाउन सक्दैनन् ।
त्यसैले आमा बुवाको ऋण तिर्नका लागि भएपनि उनीहरुलाई खुसी राख्न जरुरी छ ।

यस्ता आमाबुवालाई बुढेसकालमा सुखी राख्न सक्नु र उनीहरुको चाहनालाई पूर्ति गर्न सक्नु एक असल सन्तानको दायित्व हो । तपाईंले आफ्ना आमाबुवामाथि गर्ने व्यवहार देखेर तपाईका छोरा छोरीले तपाईमाथि आगामी दिनमा व्यवहार गर्ने हुन् त्यसैले आफ्ना लागि भएपनि आमाबुवालाई सुखी राख्ने प्रयत्न गर्नु आवश्यक हुन्छ ।

वुढेसकाल लागेका आमाबुवाले आफ्नो सन्तानको राम्रो भएको हेर्न भन्दा अरु केही आकांक्षा राखेका हुँदैनन् । कसैले तपाईको भलो होस् भन्ने चाहन्छ भने त्यो आमा बुवा नै हो ।

आमाबुवाले धेरै केही खोज्दैनन् । खोज्छन् त केवल माया, प्रेम, स्नेह । त्यसका लागि सन्तानले आमाबुवाको हेरचाह र अलि बढि मात्रामा ख्याल गर्‍यो भने उनीहरु खुसी हुन्छन् ।

पारिवारिक विषयमा छलफल र सल्लाहमा आमाबुवालाई सरिक गराउने, दिनभरका गतिविधिबारे आमाबुवालाई जानकारी गराउने वा दिनभर आमाबुवाले गरेको कार्यबारे चासो राख्ने कार्य सन्तानले गर्ने हो भने मात्र पनि आमाबुवा खुसी हुन्छन् ।

आमाबुवालाई परेका साना समस्याहरुको समाधान गर्ने तत्परताले पनि आमाबुवालाई खुसी तुल्याउँछ ।

शास्त्रमा भनिएको छ–

सुपुत्रो यः पितुर्मातुः भूरिभक्तिसुधारसैः ।
निर्वापयति सन्तापं शेषास्तु कृमिकीटकाः ॥

अर्थ– जसले अत्यन्त भक्ति पूर्वक माता पिताको समस्या दूर गर्छ र उनीहरुको सम्मान गर्न त्यही सुपुत्र हो, माता पिताको सम्मान गर्ने सन्तान किरा समान हो ।

मैले नगरेर के भयो त ? दाइभाइ वा दिदी बहिनी छन् नि आमाबुवालाई हेर्ने भन्ने सोचाइ आउँछ र त्यसो गर्नुभएको छ भने त्यो महाभूल हो । अहिलेको द्रव्य युगमा हरेक कुरा आर्थिक रुपमा खरिद गर्न पाइन्छ तर आमाबुवा किन्न पाइँदैन । आमाबुवाको महत्व त्यतिबेला थाहा हुन्छ जतिवेला कित उहाँहरुको स्वर्गवास भएको होस् वा आफूबाट टाँढा वा तपाई स्वयं आमाबुवा बन्नु होस् ।

शास्त्रमा भनिएको छ–

एकोऽपि गुणवान् पुत्रो निर्गुणैः किं शतेन तैः ।
एकश्चन्द्रः जगत् चक्षुः नक्षत्रैः किं प्रयोजनम् ॥

अर्थ– सय जना गुणरहित सन्तानको तुलनामा एक गुणवान सन्तान राम्रो हो । हजारौं ताराहरुको तुलनामा एक चन्द्रमाले धेरै प्रकाश दिन्छ ।

त्यस्तै अर्को श्लोकमा भनिएको छ–

श्रावयेद् मृदुलां वाणीं सर्वदा प्रियमाचरेत् ।
पित्रोराज्ञानुकारी स्यात् स पुत्रः कुलपावनः ॥

अर्थ– जो राम्रो बोलीसहित सदा राम्रो आचरण गर्छन्, आमा बुवाको आज्ञाको पालन गर्छन् त्यही सन्तानले कूललाई पवित्र पार्छन् ।

आमाबुवाको सम्मान र हेरचाह नगर्ने छोरा छोरी घोर पापी भएको र नरकमा भासिने हिन्दूधर्म शास्त्रहरुमा उल्लेख गरिएको छ ।

एउटा श्लोकमा भनिएको छ–

यासां स्तन्यं त्वया पीतं यासां जातोऽसि योनितः ।

तासु मूर्खतम स्त्रीषु पशुद्रमसे कथम् ॥

जसको तिमीले दूध पियौं र जसको योनीबाट उत्पन्न भयौं त्यही स्त्री(आमा) लाई पशु समान आचरण कसरी गर्न सक्छौं ?
त्यस्तै अर्को श्लोकमा भनिएको छ–

पञ्चाग्नयो मनुष्येण परिचर्याः प्रयत्नतः ।
पितामाताग्निरात्मा च गुरुश्च भरतर्षभः ।।
(विदुरनीति)

पिता, माता, अग्नि, आत्मा तथा गुरु यी पाँचलाई पञ्चाग्नि भनिन्छ र हरेक मनुष्यको परम कर्तव्य हो कि उनीहरुको विशेष सेवा गर्न जरुरी छ ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ३ : ३२ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना