राष्ट्रिय पौडी प्रतियोगिता होटलको स्वीमिङ पुलमा! | Khabarhub Khabarhub

राष्ट्रिय पौडी प्रतियोगिता होटलको स्वीमिङ पुलमा!


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगर्तको पौडी खेलका स्पर्धाहरु बागेश्वरी टोली सुर्खेत रोडस्थितहोटल सिग्नेट हुनेभएको छ । खेल उद्घाटनको पुर्व सन्ध्यामा पौडी खेलको खेलस्थान परिवर्तन गरिएको हो ।

सयसअघि नेपालगञ्ज रंगशाला प्राङ्गढमा बनिरहेको पौडी पोखरीमा गर्ने तयारी थालेको राखेपले शनिबार बिहान पौडी पोखरी निर्माण नभएपछि स्थान परिवर्तन गर्ने निर्णय गरिएको राखेप सदस्यसचिव केशबकुमार विष्टका प्रेस सल्लाहकार रोहित दाहालले बताए ।

उनले भने यो पहिलेदेखि नै त्यही गर्ने भन्ने भएको थियो । तर, नयाँ पौडी पोखरी बन्नसकेको अवस्थामा नयाँमै खेलाउने तयारी थालेको हो । त्यो अहिलेलाई सम्भव भएन,’ उनले अगाडि भने, ‘अहिले सम्भव नभएपनि फाइनल सम्म नयाँ पौडी पोखरी बने नयाँमा हुन्छ ।’

राष्ट्रिय खेलकुद परिषद् र पौडी संघको सहमतिमा शनिबार बिहानमात्रै स्थान तोकिएको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए । उनले पौडी खेल हुन आवश्यक पर्ने सबै कुरामा राम्रो भएकाले नयाँ हुने स्थान ठिक रहेको बताए ।

१६ लाख लिटर पानी आवश्यक पर्ने अवस्थामा पानी उपलब्ध नहुने भएपछि शनिबारमात्रै पौडी होटल सिग्नेटमा गर्ने निर्णय गरिएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  १ : ४५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न