डोटीमा पनि शुरु भयो ‘छाउपडी मुक्त’ अभियान | Khabarhub Khabarhub

डोटीमा पनि शुरु भयो ‘छाउपडी मुक्त’ अभियान


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटीका पहाडी जिल्लामा व्याप्त छाउडपडी प्रथा अन्मुलनका लागि डोटी जिल्लामा पनि छाउपडी मुक्त गर्ने अभियान शुरु भएको छ । डोटीको  शिखर नगरपालिकालाई यो वर्षभित्र छाउपडी मुक्त नगर घोषणा गरिने भएको छ । उक्त नगरपालिकालाई छाउपडी मुक्त बनाउन गृहकार्य भइरहेको छ । फाया नेपालकोे आयोजनामा महिला सवालमा केन्द्रीत छलफल कार्यक्रममा नगरभित्रका सम्पूर्ण जनप्रतिनिधिले यसै आर्थिक वर्षभित्र छाउपडी मुक्त नगर घोषणा गर्न समुदाय, विद्यालयस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरी कार्ययोजनासहित अगाडि बढेका छन् ।

छाउपडी प्रथा एक सामाजिक कुरीति भएकाले यसको अन्त्यका लागि नगरपालिकाले विभिन्न जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको नगर प्रमुख जोशीले बताए । उनले भने, “हामी छाउपडी मुक्त नगरपालिका बनाउने अभियानमा छौँ, यो वर्षभित्रै छाउपडी मुक्त नगरपालिका हुनेछ ।”

सामाजिक कुरीतिसँग जोडेर विभेद् गरेका कारण महिलाले छाउपडीको शिकार हुनु परेको नगर उपप्रमुख धौलीदेवी रावलले बताइन् । पछिल्लो समय जिल्लाका शिखर नगरपालिका, बडिकेदार गाउँपालिका र दिपायल सिलगढी नगरपालिकामा फाया नेपालले हाम्रो नेतृत्व परियोजनाअन्तर्गत छाउपडी प्रथा, महिला अधिकार, महिला सहभागिताका क्षेत्रमा विभिन्न तालीम, गोष्ठी र वकालतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ४ : ४३ बजे

विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार

काठमाडौं–  विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने

कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएनन्

घोडाघोडी– चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम

सबैभन्दा धेरै अपराध कोशी प्रदेशमा 

काठमाडौं– सात प्रदेशमध्ये सबैभन्दा धेरै गम्भिर प्रकारका अपराध कोशी प्रदेशमा

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका