अर्बौं रुपैयाँ ठगेर भागेका नीरव मोदी पक्राउ | Khabarhub Khabarhub

अर्बौं रुपैयाँ ठगेर भागेका नीरव मोदी पक्राउ


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– भारतबाट भागेका धनाढ्य व्यापारी नीरव मोदी बेलायतको राजधानी लण्डनमा पक्राउ परेका छन् । भारतीय अधिकारीको आग्रहमा नीरव मोदीलाई मंगलबार मध्य लण्डनको हेलबर्न क्षेत्रबाट पक्राउ गरिएको बेलायती प्रहरीले जनाएको छ ।

उनलाई लण्डनको वेस्टमिनिस्टर मजिस्टे«ट अदालतमा उपस्थित गराउने तयारी भइरहेको बताइएको छ ।

उनीमाथि राज्य सञ्चालित पन्जाब नेशनल बैंकमा २ अर्ब अमेरिकी डलर बराबरको ऋणमा ठगी गरेको अभियोग लागेको छ ।

उनी र उनका मामा मेहुल चोक्सीले पन्जाब नेशनल बैंकमा ठगी गरी बैंकलाई ग्यारेन्टी राखेर ऋण लिएको भारतीय अधिकारीले जनाएका छन् । ठगी प्रकरण सार्वजनिक भएपछि दुबैले भारत छाडेका थिए ।

गत अगस्ट महिनामा नीरव मोदीलाई पक्राउ गर्न भारतीय अधिकारीले बेलायती प्रहरीलाई आग्रह गरेका थिए । त्यसै अनुसार उनलाई पक्राउ गरिएको बताइएको छ ।

त्यसअघि गत डिसेम्बरमा बेलायतको अदालतले अर्का व्यापारी विजय माल्यालाई भारत सुपुर्दगी गर्न आदेश दिएको थियो । नीरव मोदीलाई पनि बेलायतले भारत सुपुर्दगी गर्नसक्ने बताइएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ४ : २५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न