जेलमा रहेका कैदी भन्छन्– हामीमाथि दुर्व्यवहार भयो | Khabarhub Khabarhub

जेलमा रहेका कैदी भन्छन्– हामीमाथि दुर्व्यवहार भयो


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जिल्ला कारागारका कैदीबन्दीले प्रहरी तथा कारागार प्रशासनबाट आफुहरु माथि दुर्व्यवहार हुने गरेको गुनासो गरेका छन् । कारागारमा कार्यरत प्रहरी नायब निरीक्षक कृष्ण खड्काले मदिरा सेवन गरी कैदीबन्दीलाई गालीगलौज गरी दुर्व्यवहार गरेको कैदीबन्दीको आरोप छ ।

मादक पदार्थ सेवन गरी दुर्व्यवहार गर्ने खड्काको सरुवा हुनुपर्ने माग राख्दै उनीहरूले कारागारमा भित्रपट्टिबाट तालाबन्दी गरी यही चैत ४ गतेदेखि हडताल शुरु गरेको जनाएका छन् । औषधोपचारजस्ता अत्यावश्यक सेवामा कारागार प्रशासनले लापरवाहीसमेत गर्ने गरेको उनीहरूको आरोप छ ।

कैदीबन्दीलाई दुर्व्यवहार गरिएको भन्ने विषयमा राष्ट्रिय मानवअधिकार आयोगको पनि ध्यानाकर्षण भएको जुम्ला कार्यालयका अधिकृत सुरबहादुर परियारले बताए । उनले भने, “प्रहरीले मदिरा सेवन गरे नगरेको स्वास्थ्य परीक्षण प्रतिवेदन मागेका छौँ ।” आयोगले पनि कारागारमा गएर स्थलगत अनुगमन गरेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालयका निरीक्षक प्रकाश केसीले कैदीबन्दी र प्रहरीबीच एकापसमा केही विवाद भएको सुनिएको र सो विषयमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए । ‘ङ’ श्रेणीको जिल्ला कारागारको बन्दी क्षमता २०० को छ । कारागारमा हाल ५९ कैदी र २० जना थुनुवा गरी ७९ जना छन् । सशस्त्र द्वन्द्वका क्रममा २०५९ कात्तिक २८ गते तत्कालीन माओवादीले ध्वस्त पारेको जिल्ला कारागार शान्ति स्थापनापछि पुनःनिर्माण गरिएको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  २ : २८ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न