पति–पत्नीबीच झगडा परिरहन्छ ? यो हो हटाउने तान्त्रिक उपाय | Khabarhub Khabarhub

पति–पत्नीबीच झगडा परिरहन्छ ? यो हो हटाउने तान्त्रिक उपाय


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पति–पत्नीबीचको सम्बन्धलाई सबैभन्दा राम्रो सम्बन्ध मानिन्छ । तर जब यो मजबुद सम्बन्धको डोरी कमजोर हुन्छ तब जीवनमा निराशा छाउँछ । परिवार या साथी सबै आफ्नो जिम्मेवारी निभाएसँगै आफ्नो आफ्नो जीवनमा व्यस्त हुन्छन् ।

साथ रहन्छन् त मात्र पति पत्नी । जीवनभर साथ रहने पति पत्नीबीच पनि सम्बन्ध राम्रो हुन सकेन भने के होला ? पक्कै जिन्दगीदेखि निराश हुने अवस्था आउँछ । कपिपय विवाहितहरुले यस्ता खालका विभिन्न समस्याहरु पनि भोगिरहनु भएको होला ।

जब पति पत्नी एक अर्कोबीचको सम्बन्धमा रम्न सक्दैनन तब एक अर्काको साथ पनि भारी लाग्न थाल्छ र जीवनलाई नै यसले बोझ बनाइदिन्छ ।
यदी तपाईं वा तपाईको चिनजानका कोहीलाई यस्तै खालको समस्या परेको छ र दाम्पत्य सुखको आनन्द लिन सकिरहेका छैनन् भने केही उपाय छन् जसबाट समास्या समाधान हुन सक्छ ।

के हो उपाय ?

बास्तुशास्त्र र तान्त्रिक विधि अनुसार केही उपाय गर्दा पति र पत्नीबीच बिग्रिएको समबन्धमा सुधार आउन सक्छ ।
त्यसका लागि केही उपाय गर्न जरुरी छ ।

सिन्दूर– रातभर आफ्नो पतिको तकियाको मुनी सिन्दुर राख्नुहोस् र विहान सिन्दुरको आधा भाग घरमा छर्कनुस् र बाँकी रहेको सिन्दुर पत्नीले आफ्नो सिउँदोमा भर्नुहोस् ।

आइतवारको रात पतिको डस्नामुनि थोरै सिन्दुर छर्कनुस् र अर्कोदिन विहान त्यो सिन्दुरलाई आफ्नो सिउँदोमा राख्नुहोस् ।

सुनको चुरा– दाम्पत्य जीवनलाई सुखमय बनाउनका लागि पतिले हरेक राति किशमिस युक्त दुधको सेवन गर्न जरुरी छ भने पत्नीले सधै सुनको चुरा लगाउन जरुरी छ ।

रस युक्त मिठाइ

शुक्रवारका दिन भगवान विष्णु तथा लक्ष्मीजीलाई रस भएको मिठाइको भोग लगाउनु आवश्यक हुन्छ र प्रसादको रुपमा पति र पत्नीदुबैले यसको सेवन गर्न जरुरी हुन्छ ।

नुनपानीले सफाइ

पति पत्नीबीच सधैं झगडा परिरहन्छ भने त्यसलाई शान्त गर्न घरको सफाइ नून पानीले गर्न जरुरी हुन्छ । प्रत्येक दिन नून मिसाएको पानीले विहान चाँडै घरलाई सफाइ वा पुच्छ्दा कलह शान्त हुनका साथै घरको नकारात्मक शक्तिपनि हट्छ ।

पानीमा सख्खर

पानीमा सख्खर मिसाएर प्रतिदिन सूर्य भगवानलाई अर्पण गर्नुहोस् । यस्तो गर्नाले दाम्पत्य जीवनमा सुख शान्ति मिल्छ ।

विहीवार पिपलको रुखको फेदमा घ्यूमा भिजाएको दियो बाल्नुस् र अर्को एक दियो दोबाटोमा बाल्नुहोस् र त्यसमा एक एकवटा मिठाइपनि राख्नुहोस् ।

यी धार्मिक र शास्त्रीय रुपमा वर्णन गरिएका समस्या समाधानका केही उपाय हुन् । तर पति पत्नीबीच देखिने समस्या समाधनको लागि दुई जनाबीच छलफल र समझदारीको वातावरण बनाउनु नै हो । दुई जनाले एक अर्काको समस्या बुझ्ने र त्यही अनुसार काम गर्ने हो भने समस्या समाधान हुन्छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ११ : ३६ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले