नक्कली नोट बनाएर ठगी गर्ने दुई जना पक्राउ | Khabarhub Khabarhub

नक्कली नोट बनाएर ठगी गर्ने दुई जना पक्राउ


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको बागबजार क्षेत्रमा नक्कली नोटलाई सक्कली भनेर ठगी गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसरको कार्यालयको टोलीले खोजतलास गर्दा बागबजारस्थित एक होटलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा म्याग्दी बखरबोट बस्ने वर्ष ५२ का भीमबहादुर मल्ल र ओखलढुङ्गा दियालो घर भई हाल भक्तपुर बस्ने मानबहादुर सुवेदी रहेको परिसरले जानकारी दिएको छ । उनीहरुले रु एक हजार दरका सक्कली नोटलाई रसायन प्रयोग गरी नक्कली नोट बनाएर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

उनीहरुबाट १२ बण्डल नक्कली नोटजस्तो देखिने कागजको बण्डल सात बट्टा, विभिन्न रसायन, नोट बनाउन प्रयोग गर्ने कैँची बरामद गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

यसैबीच अमर्यादित अश्लील, उत्तेजित अन्तरवार्ता सञ्चालन गरेको आरोपमा फुल्चोकी मिडियाका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान तथा अन्तरवार्ता दिने मोडल परी तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौँले मङगलबार कलङ्कीबाट पक्राउ गरी साइवर क्राइम अपराधमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  १० : ५६ बजे

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा (पूर्णपाठ)

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र