दीपकराज गिरीले ‘एभेन्जर’ सँग ‘छक्का पञ्जा २’ जुधाएका हुन् ? | Khabarhub Khabarhub

दीपकराज गिरीले ‘एभेन्जर’ सँग ‘छक्का पञ्जा २’ जुधाएका हुन् ?


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता तथा निर्माता दीपकराज गिरीले हलिउडको बहुप्रतीक्षित फिल्म ‘एभेन्जरः इन्ड गेम’ रिलिज हुने मितिमा रिलिज भइसकेको उनको फिल्म ‘छक्का पञ्जा २’ रिलिजको घोषणा गरेका छन् ।

वैशाख १३ गते रिलिज हुने भनिएको फिल्म ‘दाल भात तरकारी’ ले आफ्नो रिलिज मिति पछाडि सारेपछि यो मितिमा फिल्म ‘छक्का पञ्जा २’ लाग्ने भएको हो । यो मितिमा ठूला ब्यानरका भनिएका कुनै पनि फिल्म रिलिज नगरिए पनि हलिउड फिल्म ‘एभेन्जरः इन्ड गेम’ रिलिज हुने सम्भावना छ ।

किन जुधाए दीपकराजले फिल्म ?

मार्भल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘क्याप्टेन मार्भल’ पनि नेपालमा रिलिज गर्ने भनेर अन्तिम समयमा आएर रिलिज भएको थिएन । यस हिसाबले नेपालमा सोही ब्यानरको प्रतीक्षित फिल्म ‘एभेन्जरः इन्ड गेम’ पनि रिलिज नहुन सक्छ । यो त एकातिर छ नै, अर्कातिर हलिउडका ठूला फिल्मले मल्टिप्लेक्स हलमा मात्र ‘शो’ पाउने गर्छन् ।

मोफसलका प्रायः हल र काठमाडौंका सिंगल थिएटरमा पनि उक्त फिल्म लाग्ने छैन र ‘छक्का पञ्जा २’ रिलिज हुनेछ । यस अर्थमा दीपकराज गिरी एण्ड टिमले यो फिल्म पुनः रिलिज गर्दा फाइदा हुने देखेका छन् ।

अझ दीपक–दीपाले फिल्मबाट उठेको ठूलो रकम रवि लामिछानेले निर्माण गर्न लागेको विद्यालयलाई दिने घोषणा समेत गरेका छन् । यसले पनि दर्शकलाई यो फिल्म हेर्न प्रोत्साहित गर्ने पक्का छ ।

जे होस्, नयाँ फिल्म पनि हलमा दर्शक तान्न नसकिरहेको अवस्थामा दीपक–दीपाको ‘छक्का पञ्जा २’ फेरि चल्ने भएको छ । कथमकदाचित हलिउड फिल्म ‘एभेन्जरः इन्ड गेम’ नेपालमा रिलिज भएन भने दीपक–दीपालाई झनै फाइदा हुने पक्काजस्तै छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  १० : २३ बजे

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती

बारम्बार तिर्खा लाग्नु स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना