धनगढीमाथि चितवनको जित | Khabarhub Khabarhub

धनगढीमाथि चितवनको जित


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा चितवन राइनोजले लगातार तेस्रो जित हात पारेको छ ।

शुक्रबार भएको खेलमा एक्पर्ट धनगढीलाई ५२ रनको अन्तरले पराजित गर्दै चितवनले लगातार तेस्रो जित निकालेको हो ।
टस जितेर पहिलो ब्याटिङ गरेको चितवनले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो।

धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ४९ रन बनाए । यस्तै रोड्रिगो थोमसले २४, सन्दीप जोराले २१ तथा अमित यादबले १७ रन बनाए ।

धनगढीविरुद्ध चितवनका भुवन कार्कीले ३ विकेट लिए भने करण केसी र सन्नी पटेलले दुई–दुई विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।

चितवनका लागि आरिफ शेख सर्वाधिक ४७ रन बनाए । यस्तै सन्नी पटेलले अविजित ३२ रन बनाए ।

त्यस्तै बाबर हायतले ३६ रन जोड्दा कप्तान पारस खड्काले २३ रन बनाए । अनिल साहले १९ रन जोडे ।

धनगढीका दिपेन्द्र सिंह ऐरी र अनिल खरेलले २–२ विकेट लिए ।

जितसँगै चितवनले ३ खेलमा ६ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा छ ।

धनगढी ३ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ५ : २५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका