नयाँ ईन्टेलिजेन्ट सर्भिस ईकोसिस्टमको सह-निर्माण गर्ने ओपोको घोषणा | Khabarhub Khabarhub

नयाँ ईन्टेलिजेन्ट सर्भिस ईकोसिस्टमको सह-निर्माण गर्ने ओपोको घोषणा


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘ईन्नोभेसन एण्ड ईन्टेलिजेन्स’थिमसहित ओपोले आजबाट, २०१९ ओपो डेभलपर्स कन्फरेन्स (ओडीसी)को उद्घाटन गरेको छ ।

कम्पनीले डेभलपर्स र पार्टनर्सका साथमा नयाँ ईन्टेलिजेन्ट सर्भिस ईकोसिस्टमको सह-निर्माणका लागि गरेको तीन पहलबारे पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

ओपोद्वारा घोषित ३ पहलमा डेभलपर सपोर्ट प्रोग्राम ‘ग्राभिटी प्लान २.०’कालागि ओपोले सन् २०२०मा आरएमबी १ बिलियन (करिव यूएसडी १४३ मिलियन) रकम छुट्याएको छ । त्यसैगरी ‘फाइभ सिस्टम लेभलक्यापेबिलिटी ईन्जिन्स’ र ‘आईओटी ईनेबलमेन्ट प्लान’ छन् ।

पछिल्लो बर्ष ओपोले आफ्नो कलरओएस सञ्चालन प्रणाली अन्तर्गत वैश्विकस्तरमा ३२० मिलियन भन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता र आफ्नो एप्लिकेसन्स, सेवा र कन्टेन्ट ईकोसिस्टममा प्रयोगकर्ताको संख्यामा बृद्धिका साथनयाँ ईकोसिस्टम निर्माणमा उल्लेख्य प्रगति हात पार्न सफल भएको छ ।

हालसम्म १ लाख २० हजार भन्दा बढीको संख्यामा डेभलपर्सले ओपोको ओपन प्ल्याटर्फममा जोइन गरिसकेका छन् भने यसको ओपन क्यापेबिलिटी सेवाको प्रयोग प्रतिदिन ३ बिलियन पटक भन्दा बढी हुने गरेको छ ।

विश्वभरका विशिष्ट डेभलपर्सलाई टेवा पुर्‍याउने सोचका साथ २०१८ डेभलपर्स कन्फरेन्समा ओपोले आधिकारिक रुपमा आरएमबी १ बिलियनको कार्यक्रमका रुपमा ‘ग्राभिटी प्लान’को घोषणा गरेको थियो । लगतै योजनाले २ हजार भन्दा बढी एप्लिकेसन्सलाई आवश्यक श्रोत उपलब्ध गराउँदै, ९.२ बिलियन ईम्प्रेसन्स र १८० मिलियनभन्दा बढी पटक डाउनलोड भइसकेको छ ।

ओपोको ईन्टरनेट सर्भिसेज्का उपाध्यक्ष हेनरी डुआनले कार्यक्रममा आफ्नो कि(नोट वक्तब्य प्रस्तुत गर्दै भने, ‘विश्वभरका १४० भन्दा बढी देश तथा क्षेत्रमा उपलब्ध कलरओएसको सहायतामार्फत ‘ग्राभिटी प्लान २.०’ले पछिल्लो बर्षको योजनालाई थप अगाडी बढाउँदै एप्लिकेसन्स, सर्भिसेज्, कन्टेन्ट र ग्लोबल डेभलपमेन्ट गरी चार प्रमुख क्षेत्रमा आफ्ना पार्टनर्सहरुलाई निरन्तर र चौतर्फी समर्थन तथा सहायता प्रदान गरिरहने छौँ ।’

डेभलपर्सलाई ओपोको सिस्टम(लेभलक्यापेबिलिटीमा कनेक्ट हुनथप सहज तथा छरितो बनाउँदै सुदृढ प्रयोग अनुभव प्रदान गर्न ओपोले आधिकारिक रुपमा हाइपर बुस्ट, क्यामेरा यूनिट, मिडियायूनिट र एआर यूनिट क्यापेबिलिटीज् सहितको ‘फाइभ सिस्टम लेभल क्यापेबिलिटी एक्स्पोजर ईन्जिन्स’ सार्वजनिक गरेको हो । यसरी, ओपोले समग्र प्रयोगकर्ता अनुभवका साथै डेभलपर्स तथा पार्टनर्सको अनुभवमा समेत सुदृढिकरण ल्याउने लक्ष्यलिएको छ ।

‘फाइभ सिस्टम लेभल क्यापेबिलिटी एक्स्पोजर ईन्जिन्स’ सार्वजनिक संगै ओपोले भर्चुअल रियालम र यथार्थ एकिकृत गरी डेभलपर्सको श्रीजनसिलतामा तेवा पुर्‍याउँदै , विभिन्न परिस्थिती नियाल्दै, ईन्टेलिजेन्ट कनेक्टिभिटी सहितको विश्व निर्माणमा थप योगदान पुर्‍याउने छ’, ओपोको सफ्टवेयर ईञ्जिनियरिङका उपाध्यक्ष एण्डी वुले कार्यक्रममा आफ्नो कि(नोट वक्तब्य प्रस्तुत गर्दै भने ।

भविस्यमा सम्भावित बस्तुहरुको एकिकरण र अभिसरणको अपेक्षाका साथओपोले ‘आईओटी ईनेबलमेन्ट प्लान’ सार्वजनिकगर्ने योजनाको घोषणा गरेको हो । ‘आईओटी ईनेबलमेन्ट प्लान’, ओपोको हेथिङ्स आईओटी प्रोटोकोल, हेथिङ्स आईओटी सर्भिस प्ल्याटर्फम र आईओटी पार्टनर्सका लागि अडियो कनेक्टिभिटी प्रोटोकोल लगायतको क्षमताअभिबृद्धि लक्षित कार्यक्रम हो ।

भरखरै अपग्रेड गरिएको हेथिङ्स आईओटी सेवा प्ल्याटर्फम ओपोको ओपन प्ल्याटर्फम मार्फत सन् २०२०को क्यूवानमै खुल्ला गरिने अनुमान गरिएको छ । त्यसैगरी, अडियो कनेक्टिभिटी प्रोटोकोलको पहिलो चरण भने सन् २०२०को जून महिनामै सेवामाआउने आशा गरिएको छ ।

ओपोले निकट भविस्यमा नै स्मार्टवाच, ओपो वाचका साथै आफ्ना पार्टनर्ससंग बलियो ईकोसिस्टम निर्माणका लागि एक रणनैतिक उपकरणका रुपमा हेल्थ प्ल्याटर्फम समेत सार्वजनिक गर्ने सम्भावनाप्रबल रहेको ओपोको ईन्टेलिजेन्ट मोबाइल डिभाइसेज्का उपाध्यक्ष बोबी लीउले जानकारी दिए ।

सुरुवाती अवस्था देखि नै ओपोको परिचयफोन निर्माताका रुपमा मात्र सिमित नरहेको र आउने तीन बर्षमा ओपोले हार्डवेयर, सफ्टवेयर र सिस्टमका साथै, फाइभजी, एआई, एआर, बिग डाटा र अन्य अग्रगामी प्रविधिहरुको विकास तथा निर्माणका लागि आर एण्ड डी अन्तर्गत आरएमबी ५० बिलियन (यूएसडी ७ बिलियन) लगानी गर्ने, यसै बर्षको ओपो ईन्नो डे मार्फत ओपोका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक टोनीचनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १२ : ३० बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना