पैसा जम्मा गर्न आएका ग्राहकले हजारका दुई नक्कली नोट ल्याएपछि... | Khabarhub Khabarhub

पैसा जम्मा गर्न आएका ग्राहकले हजारका दुई नक्कली नोट ल्याएपछि…


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटीको दिपायलस्थित एनसिसी बैंकले हजार दरका दुई वटा नक्कली नोट फेला पारेको छ । बैंकले रकम जम्मा गर्न आएका एक जनाले ल्याएको रुपैयाँमा दुई वटा हजार दरका नक्कली नोट फेला पारेको हो ।

बैंकले फेला पारेको दुवै नोटमा एउटै नम्बर रहेको छ ।

बैंक कर्मचारी अनिल शाहीले बैंकमा रु ३५ हजार जम्मा गर्न आएका एक जना ग्राहकको रकममा रु एक हजार दरका ती दुई नक्कली नोट फेला परेको बताए ।

उनले भने,“एक जना ग्राहक रकम जम्मा गर्न आउनुभयो, हामीले रकम जम्मा गर्ने बेला हेर्दा दुई नोट नक्कली भएको फेला पार्‍यौँ ।” अन्य रुपैयाँभन्दा उक्त रुपैयाँको कागज फरक खालको तथा फोटोकपी कागज जस्तै भएकाले नक्कली नोट सजिलै चिनिएको शाहीको भनाइ छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले डोटीमा कहाँबाट नक्कली नोट आए सो विषयमा अनुसन्धान गरिने बताए । उनले भने, “नक्कली नोट कहाँबाट आयो यो विषयमा सुक्ष्मरुपमा अध्ययन र छानबिन हुनेछ ।”

डोटीमा नक्कली रुपैयाँ भेटिएको यो पहिलो पटक हो । बैंकमा जम्मा गर्ने समयमा नक्कली नोट भेटिएसँगै यहाँका बजारमा समेत यस्ता खाले नोट हुनसक्ने भन्दै स्थानीयवासी चिन्तित बनेका छन् ।

केही समय यता राजधानीमा पनि हजार दरका नक्कली नोट भेटिने गरेका समाचार सार्वजनिक हुँदै आएका छन् ।

गत कार्तिकमा प्रहरीले नक्कली नेपाली रुपैयाँ छाप्ने मेसिनसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो। महानगरीय प्रहरी वृत बौद्धको टोलीले नयाँबस्तीबाट तीन जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ६ : २१ बजे

यु-२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले काजकिस्तानको अस्तानामा हुने

अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिले भेटे अर्थमन्त्री पुनलाई 

काठमाडौं– नेपालका  बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगका सहकार्यमा नेपालको

महिला नेतृत्वको जलविद्युत आयोजनामा थप कर छुट माग

काठमाडौं – महिलाले नेतृत्व गरेको जलविद्युत आयोजनामा थप कर छुट

‘दुर्भावनापूर्ण साइबर गतिविधि’बारे अमेरिकी आरोपको इरानद्वारा खण्डन

तेहरान– इरानी सेनाका तर्फबाट ‘दुर्भावनापूर्ण साइबर गतिविधि’ गरेको अमेरिकी आरोपलाई

चुनावी भाषण गर्दागर्दै बेहोस भएर ढले भारतीय मन्त्री नितिन गडकरी

एजेन्सी- आसन्न लोकसभा चुनावको प्रचारका क्रममा भारतका एकजना केन्द्रीय मन्त्री