टुटल र पठाओले यात्रु बोके अब कारवाही | Khabarhub Khabarhub

टुटल र पठाओले यात्रु बोके अब कारवाही


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी सवारी साधन अर्को प्रयोजनको निम्ति प्रयोग गर्ने नपाइने भएको छ ।

भौतिक तथा यातायत मन्त्रालय यातायात व्यवस्था विभागले एक सूचना जारि गदै कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनमा प्रयोग गर्ने नपाइने जानकारी दिएको छ ।

पछिल्लो समय निजी सवारी साधनले भाडा लिई यात्रु ओसारसार गरेको गुनासो बढे पछि विभागले निजी सवारी साधनले भाडालिई यात्रु ओसारपसार गरेको खण्डमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिन कारवाही गर्ने चेतावनी दिएको छ ।

यो सूचना कार्यान्वयन भएमा निजी सवारीबाट भाडा लिइ यात्रु बोकिरहेका टुटल, पठाओलगायतका मोटरसाइकलमा यात्रु बोक्ने सेवा प्रभावित हुनेछन् ।

यसअघि पनि टुटल र पठाओले मानिसहरु बोकेको भन्दै कारवाही गरिएको थियो । तर चौतर्फी विरोध भएपछि प्रधानमन्त्री केपी ओलीले कारवाही नगर्न भनेका थिए ।

तर ट्याक्सी व्यवसायी र यातायात व्यवसायीले भने यसको विरोध गर्दै आएका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ४ : १४ बजे

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।