कन्डममा प्वाल पाइएपछि वितरण गरिएका १० लाख कन्डम फिर्ता मगाइयो | Khabarhub Khabarhub

कन्डममा प्वाल पाइएपछि वितरण गरिएका १० लाख कन्डम फिर्ता मगाइयो


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा परोपकारी संस्था मेरी स्टोप्सले युगान्डामा वितरण गरिएका १० लाखभन्दा बढी कन्डम फिर्ता लिएको जनाएको छ ।

परीक्षणका क्रममा लाइफ गार्ड ब्रान्डका भारतमा निर्मित कन्डममा प्वाल पाइएको अथवा फुट्ने जोखिम देखिएको युगान्डाको न्याश्नल ड्रग अथोरिटी (एनडीए) ले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

मेरी स्टोप्सले ३५ वटाभन्दा बढी मुलुकमा गर्भनिरोधक र परिवार नियोजनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार युगान्डामा करिब छ प्रतिशत वयस्क एचआईभी एड्सबाट प्रभावित छन् ।

अर्को अध्ययन अनुसार त्यहाँ ११ प्रतिशतले मात्रै योजना बनाएर गर्भाधारण गर्ने गरेको पाइएको छ । मेरी स्टोप्सले युगान्डामा प्रतिमहिना १५ लाखदेखि २० लाखवटा सम्म कन्डम आपूर्ति गर्ने गरेको छ ।

“यस किसिमको विषयलाई लिएर कुनै एउटा देशको हाम्रो कार्यक्रमले फिर्ता लिएको यो पहिलो घटना भएको हामी पुष्टि गर्न सक्छौँ,” मेरी स्टोप्सले बीबीसीलाई बताएको छ ।

गुणस्तर परीक्षणमा लाइफ गार्डका दुई खेप कन्डम विफल भएको भन्दै एनडीएले गत अक्टोबर ३० तारिखमा लेखेपछि पछिल्लो कदम चालिएको हो ।

पठाइएका ती खेपका कन्डममा देखिएका समस्याबारे र उच्च गुणस्तरको उत्पादनलाई जारी राख्ने विषयमा एनडीएसँग मिलेर काम गरिरहेको मेरी स्टोप्सले जनाएको छ।

उसले अगाडि भनेको छ, “दुई खेपमा दश लाखवटा भन्दा बढी कन्डम भएका तीन लाख ३५ हजार प्याक हामीले फिर्ता लिइरहेको हामी पुष्टि गर्न सक्छौँ।”

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १ : २५ बजे

अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा– पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत

सोमेश्वर दर्शन गर्न दुई लाख भक्तजन पुगे

भरतपुर– चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनवमी पर्वमा दुई

पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी

म्याग्दी– गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटकको

मनकामना केबलकार शुक्रबार बन्द हुने

नारायणगढ– मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने