ट्रम्पविरुद्ध कर्णेलले बयान दिएपछि ह्वाइट हाउस असन्तुष्ट | Khabarhub Khabarhub

ट्रम्पविरुद्ध कर्णेलले बयान दिएपछि ह्वाइट हाउस असन्तुष्ट


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीमाथि छानबिन गर्न फोनमार्फत् युक्रेनलाई गरेको आग्रह अनुचित भएको बयान दिएका एक उच्च अधिकारीविरुद्ध ह्वाइट हाउसले आक्रोश पोखेको छ ।

लेफ्टिनेन्ट कर्णेल एलेकजेन्डर भिन्डमनले ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी संसद्‍को तल्लो सदनले सुरु गरेको जाँचबुझ सुनुवाइमा त्यस्तो बयान दिएका बीबीसीले जनाएको ५ ।

गत जुलाइ महिनामा युक्रेनी समकक्षीसँगको फोनवार्तामा ट्रम्पले अनुचित राजनीति आग्रह गरेको उनको भनाइ थियो । जाँचबुझले राष्ट्रपतको शक्तिको दुरुपयोग भए वा नभएको अनुसन्धान गरिरहेको छ।

संसद्ले आउँदो चुनावमा ट्रम्पका आफ्ना डेमोक्र्याटिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध भ्रष्टाचारसम्बन्धी छानबिन गर्न उनले युक्रेनका नयाँ नेता भोलोदिमिर जेलेन्स्कीलाई दबाव दिने उद्देश्यले युक्रेनलाई दिने अमेरिकी सैन्य सहायता रोकेका थिए कि थिएनन् भन्ने कुरा स्थापित गर्न खोजिरहेको छ ।

भिन्डमन ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) का युक्रेनसम्बन्धी एक उच्च विज्ञ हुन् ।

उनले संसद्‍को गुप्तचरीसम्बन्धी समितिसमक्ष ट्रम्पले युक्रेनी समकक्षीलाई गरेको आग्रहबारे भने, “राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध अनुसन्धानको माग गर्नु राष्ट्रपतिका निम्ति त्यो असुहाउँदो थियो, अनुपयुक्त थियो।”

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १२ : ५३ बजे

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतीक्षामा

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार